arrow

 प्रधानसेनापति थापा अमेरिकातर्फ प्रस्थान    

logo
प्रकाशित २०७६ असार २४ मंगलबार
purna-chandra-thapa-army-chief1.jpg

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापा संयुक्त राष्ट्रसङ्घको औपचारिक निमन्त्रणामा विभिन्न कार्यक्रममा सहभागी हुन सोमबार अमेरिका प्रस्थान गरेका छन् । 

प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरदकुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।     
     
 प्रधानसेनापति थापा बेलायती सैन्य बलले आयोजना गर्ने प्रथम महिला, शान्ति र सुरक्षा सञ्जालसम्बन्धी सम्मेलन तथा संयुक्त राष्ट्रसङ्घको सचिवालयले आयोजना गर्ने तेस्रो रक्षा प्रमुखको सम्मेलनमा सहभागी हुनेछन् । 

भ्रमणको दौरान उनले अमेरिकाका उच्च सैनिक पदाधिकारीसँग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको निर्देशनालयले जनाएको छ । औपचारिक कार्यक्रम सम्पन्न गरी उनी साउन १ गते स्वदेश फिर्ता हुनेछन् ।      
 उच्च तहको सैनिक नेतृत्वको भ्रमणले नेपाली सेना र संयुक्त राष्ट्रसङ्घ तथा मित्रराष्ट्र अमेरिकी सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने नेपाली सेनाको विश्वास छ ।     
     
 प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी शरदकुमार गिरीले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ