arrow

पूर्व श्री ५ लाग्नेजति एकैठाउँमा, पूर्वराजपरिवारको हात्तीवनमा जमघट

logo
प्रकाशित २०७६ असार २४ मंगलबार
ganendra_ex-king.jpeg

काठमाडौं । २३ असारको जन्मोत्सव नमनाएका पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार फर्पिङस्थित हात्तिवन रिसोर्टमा पुगेका छन् ।

आफन्तको आशौचका कारण जन्मदिन नमनाएका उनी अघिल्लो दिन आइतबार हात्तिवन रिसोर्ट पुगेका थिए । 

विगत वर्षमा राजावादी समूहले उनको जन्मदिनमा राम्रै साथ दिएको भएतापनि यस पटक ७३ औं जन्मदिन मनाउने जाँगर भने उनले देखाएनन् । 

पूर्वराजा ज्ञानेन्द्र पूर्वरानी कोमल, हिमानी, नातिनीद्वय पूर्णिका र कीर्तिका, नाति हृदयेन्द्र लिएर आइतबार दिउँसै रिसोर्टमा पुगेका थिए । सोमबार बिहान छोरा पारस, वालसखा प्रभुशम्सेर जवरा, पूर्व सैनिक सचिव शान्तकुमार मल्लसहित आफन्तहरु रिसोर्ट पुगेका थिए । 

रात्रीभोज मनाउन छोरी, ज्वाइ, धीरेन्द्र–पुत्री र जवाईहरु, बहिनीलगायत पूर्व श्री ५ लाग्ने सबैको जमघट भएको बताइएको छ । 

बन्दोबस्तीका लागि निजी सचिव सागर तिमल्सिनाबाहेक अन्य कर्मचारीको उपस्थिति रहेको थिएन । 

सर्वसाधारण र राजावादीहरुका लागि जन्मोत्सव नमनाउने भनिए पनि पूर्व श्री ५ लाग्नेहरु सबै रिसोर्टमा भेला भएपछि भने आशौचको औचित्य भने बुझ्न सकिएको छैन । 

बुढ्यौलीको कारण महेन्द्र मञ्जिल नछाडेकी पूर्व वडामहारानी रत्नबाहेक सबै आफन्त हात्तिवन रिसोर्टमा पुगेका हुन् । पूर्वराजाका कर्मचारीहरुले पनि शुभकामना दिन पाएनन् । 

सोमबार बिहानै पूर्वराजाका संवाद सचिव डा फणिराज पाठकले पूर्वराजाले १८ वर्षदेखि कहाँ के बोले भन्ने बोलीसंग्रह ‘सन्देश संग्रह’ पुस्तक सार्वजनिक गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ