arrow

ओली सरकारले सिफारिस गरेका चारै जना प्रस्तावित राजदूत सर्वसम्मत 

logo
प्रकाशित २०७६ असार २४ मंगलबार
rajduts.jpg

काठमाडौं । सरकारले सिफारिस गरेका चारैजना प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाई समितिले सर्वसम्मतिले अनुमोदन गरेको छ । सरकारले गत जेठ २३ गते राजदूतका लागि प्रस्ताव गरेको थियो ।

संसदीय सुनुवाई समितिको सोमबार सिंहदरवारमा बसेको बैठकले बंगलादेशका लागि प्रस्तावित राजदुत डा वंशीधर मिश्र, अष्ट्रेलियाका लागि प्रस्तावित महेशराज दाहाल, कतारका लागि नारद भारद्वाज र स्पेनका लागि प्रस्तावित राजदुत दावाफुटी शेर्पाको नाम अनुमोदन गरेको हो ।

अनुमोदन हुनुअघि उनीहरुले आफ्नो कार्ययोजना सुनाएका थिए । सांसदहरुले गरेका प्रश्नको चित्तबुझ्दो जवाफ दिएपछि समितिले अनुमोदन गरेको थियो । 

बिहान र दिउँसो गरी २ पटक बसेको बैठकमा प्रस्तावित राजदूत र समितिका सदस्यहरुबीच विस्तृत रुपमा छलफल र सवालजवाफ भएको थियो ।

योग्यता, क्षमता र कार्ययोजना चित्तबुझ्दो भएकाले सरकारले सिफारिस गरेका राजदुतहरुको नाम सर्वसम्मतिले अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले बताए । 

संसदीय समितिले अनुमोदन गरेका चारवटै देशका प्रस्तावित राजदूतहरुलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ