arrow

मनसुनले मौसम बिगार्दै, जताततै सचेत रहनु पर्ने 

उपत्यकामा छिनमा वर्षा र छिनमा घामसंगै हावा लाग्नु नराम्रो संकेत

logo
प्रकाशित २०७६ असार २४ मंगलबार
weather.jpg

काठमाडौं । असारको अन्तिम भइसक्दासम्म समेत राम्रोसंग वर्षा नहुँदा यसपाली धेरै खेत बाँझै छन् । यसपटक सरकारले समेत पूरै खेतमा रोपाई हुने सम्भावना नरहेको बताएको छ । 

मौसम पूर्वानुमान महाशाखाले ढिला गरी मनसुन सक्रिय भएको बताएको छ । महाशाखाका अनुसार अहिले जारी मनसुन कम्तीमा तीन दिन रहने छ । 

तर यो मनसुनी वर्षाले क्षति भने बढी नै गराउन सक्ने महाशाखाको अनुमान छ । सोमबारदेखि निरन्तर वर्षा भइरहेको छ । राति विशेषगरी पश्चिमी क्षेत्रमा वर्षा भएको थियो । 

मंगलबार बिहान पनि मुलुकका विभिन्न स्थानमा वर्षा भएको छ । काठमाडौं उपत्यकामा पनि फाट्फुट वर्षा भइरहेको छ । 

उपत्यकामा घाम पनि लाग्ने र वर्षा पनि भइरहने भएको छ । त्यसैगरी हावा पनि लागिरहेकाले मौसमविद्हरु यो राम्रो संकेत नभएको बताउँछन् । 

महाशाखाले मंगलबार फाट्फुट वर्षा अधिकांश स्थानमा हुने भए पनि भारी वर्षा भने देशका थोरै स्थानहरुमा मात्र हुने सम्भावना रहेको जनाएको छ । 

वर्षाका कारण अधिकांश राजमार्गहरुमा पहिरो गएको छ । सबैभन्दा बढी सवारी चल्ने मुग्लिन नारायणघाट सडक खण्डमा सात ठाउँमा पहिरो गइरहने भइरहेको छ । 

छिनछिनमा सडक अवरुद्ध भइरहेको हुन्छ । त्यसैगरी अन्य राजमार्गहरुको हालत पनि नाजूक छ । स्थानीयहरुको जोडबलमा र राम्रो इन्जिनियरिङ नभएका ठाउँमा जथाभावी पुगेका ग्रामिण भेकका अधिकांश सडकहरु ठप्प छन् । 

मौसम पूर्वानुमान महाशाखाले यो महिनाभर सचेत रहन सुझाएको छ । नदीनालाहरु छिनमा बढ्ने र घट्ने भइरहेका छन् । काठमाडौं उपत्यकाभित्रै पनि सचेत रहन आग्रह गरिएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ