- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सर्लाही । उपचार गर्न ल्याइएकी एक बालिकाको मृत्यु भएपछि सर्लाहीको नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा गएराती तोडफोड भएको छ ।
सर्पले डसेपछि उपचारका लागि ल्याइएकी हरिवन नगरपालिका–९ का पुष्कर बुढाथोकीकी अढाई वर्षीया छोरी सम्पदा बुढाथोकीको मृत्यु भएपछि आक्रोसित आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् ।
तोडफोडबाट उपचार केन्द्रका उपकरणमा क्षति पुगेको छ । बालिकको मृत्युपछि तनावग्रस्त बनेको अस्पताल परिसरमा जनप्रतिनिधि र सुरक्षा अधिकारीले सम्झाइबुझाइ गरी मध्यराती मात्रै मृतकको शव आफन्तलाई बुझाएका थिए ।
नवलपुर सर्पदंश उपचार केन्द्रले भर्खर–भर्खर भेन्टिलेटर र आइसियू सञ्चालनमा ल्याएको छ । हाल निजी चिकित्सकको सहयोगमा उपचार केन्द्रले ती दुई उपकरण सञ्चालन गर्दै आएको थियो ।