arrow

तारम्तार बोलाईएको मन्त्रिपरिषद् बैंठकले सिंहदरबारका कर्मचारीमा हल्लीखल्ली

logo
प्रकाशित २०७६ असार २४ मंगलबार
oli-cabinet.jpg

काठमाडौं । सोमबारदेखि तारम्तार बोलाईएको मन्त्रिपरिषद्को बैंठकले प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारका उच्च पदस्थ कर्मचारीहरुबीच नै हल्लीखल्ली सुरु भएको छ । पछिल्लो समय विषादी परीक्षण रोख्ने सरकारी निर्णयको व्यापक विरोध भएको र मन्त्रीहरुको हेरफेर सम्बन्धी विषयमा पनि व्यापक चर्चा रहेकोले यी विषयमा सरकारले के निर्णय गर्ला भन्ने विषयमा धेरैलाई चासो लागिरहेको छ । 

गत असार २ गते सरकारले राजपत्रमा सूचना प्रकाशित गरी भारतबाट आयात गरिने तरकारीमा विषादीको परीक्षण गरेर मात्रै नेपाल भित्रिन दिने व्यवस्था गरेको थियो । तर, दुई साता पनि नहुँदै गत बिहिबारको मन्त्रिपरिषद्को बैठकले सो परीक्षण स्थगित गर्ने निर्णय गरेको थियो । भारतीय राजदूतावासले समेत पत्र पठाएर यस बारेमा दबाब दिएको पत्र सार्वजनिक भएपछि झनै केपी ओली सरकारमाथि आम मानिसको आशंका र आक्रोश थपिएको छ । यसको व्यापक विरोधपछि मन्त्रिपरिषद्ले फेरि परीक्षण सुरु गर्न लागेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । 

अर्काे तर्फ मन्त्रीहरुको फेरबदलबारे कुनै पनि एजेण्डा नरहेको पनि बताईएको छ । सोमबार साँझ बसेको बैठकले निर्णय गर्न नसकेपछि मंगलबार प्रधानमन्त्रीले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका थिए । मंगलबार विहानको बैठकले पनि छलफल पूरा नभएपछि मंगलबार बेलुका पनि बैठक बोलाईएको छ । यसरी तारम्तार बोलाईएको बैठकप्रति उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र अर्थमन्त्रालयका समेत सहसचिव तथा उपसचिवहरुले समेत अचम्म मानेका छन् । ती कर्मचारीहरु यसरी मन्त्रिपरिषद्को बैठक देशमा गम्भीर संकट उत्पन्न भएको बेलामा बाहेक यसरी तारम्तार बसेको संयोग एकाध मात्रै रहेको बताउँछन् ।  

प्रधानमन्त्री निकट स्रोतका अनुसार तारम्तारको मन्त्रिपरिषद्को बैठक छलफल देशमा मात्रै सीमित नभई परराष्ट्र स्तरीय समेत रहेकोले लम्बिएको हो । यस अघि दबाबका कारण आफ्नो निर्णयबाट पछि हटेको सरकारले भारतीय अधिकारीहरुलाई समेत सहमत गराएर नयाँ निर्णय गर्नको लागि प्रयास गरिरहेका छन् । तर, यस विषयमा दुबै पक्षबीच समझदारी नभएपछि मन्त्रिपरिषद्को बैठक बारम्बार बोलाईएको छ । सम्भव भएसम्म मंगलबार साँझको बैठकले भने ठोस निर्णय निकाल्ने अपेक्षा राखिएको छ । 

सरकारले आफ्नो पूर्वाधार क्षमता पूरा नभएको अवस्थामा नै यसरी विदेशी तरकारीको विषादी परीक्षण गराएपछि आफ्नो निर्णयबाट सरकारका अधिकारीहरु एक अर्कालाई दोषारोपण गर्न व्यस्त छन् । प्रधानमन्त्रीले मन्त्रीलाई जिम्मा दिने र मन्त्रीले सचिवलाई जिम्मा दिएर आफू पन्छिने प्रयासमा मन्त्री र प्रधानमन्त्री छन् । तर, भारतीय नाकाबन्दीको समयमा राष्ट्रवादको नारा दिएर सत्तामा आएका प्रधानमन्त्री केपी ओलीको राष्ट्रवादी छविमाथि गम्भीर प्रश्न उठ्न थालेपछि भने फेरि तरकारीमा विषादी परीक्षण सुरु गर्ने कि भन्ने तयारीमा सरकार छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ