arrow

सरकारले ल्याएको सूचना प्रविधि विधेयक अहिलेसम्मकै खतरनाक : गगन थापा

हाम्राकुरा सहित ४ संस्थाका पत्रकार सम्मानित

logo
प्रकाशित २०७६ असार २४ मंगलबार
gagan-thapa-ntuc.jpg

काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले सरकारले संसदमा दर्ता गराएको विधेयक मध्ये सूचना प्रविधि विधेयक अहिलेसम्मकै सबैभन्दा खतरनाक रहेको बताएका छन् । 

मंगलबार राजधानीमा नेपाल ट्रेड युनियन काँग्रेसको मुखपत्र श्रमिक पोष्ट विमोचन पछि बोल्दै थापाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी संवैधानिक व्यवस्थाको विपरित हुनेगरी ल्याएको यो विधेयक अहिलेसम्मकै सबैभन्दा खतरनाक रहेको बताएका हुन् । 

राज्यका ओहोदामा बसेकाहरुलाई चित्त नबुझेकोखण्डमा आफैंले गठन गरेको निकायमार्फत जोकोहीलाई पनि थुन्नसम्म सक्ने व्यवस्था रहेको विधेयकमार्फत् सरकारको नियत समेत प्रष्ट भएको उनले बताए । 

सरकार तथा शक्तिमा रहेकाहरुको गतिविधिमाथि प्रश्न उठाउने नागरिक अधिकार समेत विधेयकले खोस्ने उल्लेख गर्दै थापाले विधेयकमार्फत नागरिकको मुख थुन्ने प्रयास गरेको बताए । 

दुईतिहाई मत भएको सरकारसँग शासन गर्ने क्षमता नभएको र नियत पनि ठीक नभएको थापाले बताए । यी विधेयकहरु ल्याउने क्रममा यदि सरकारको नियत असल थियो भने विगतका आन्दोलनका उपलब्धीलाई समेत कुण्ठित हुने गरी विधेयक नै नल्याउने उनको बुझाई छ । थापाले भने 'संसदमा दर्ता गराएको विधेयकबाट सरकारको नियत प्रष्ट भएको छ ।'

आम नागरिक सरकारसँग निराश बनेको उल्लेख अहिलेको अवस्थामा यो निराशालाई काँग्रेसले समेत समात्न नसक्ने हो भने नागरिकको आक्रोश व्यवस्था विरुद्ध समेत जाने खतरा पनि थापाले औंल्याएका छन् ।

कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका उपाध्यक्ष तेजेन्द्रजंग कार्की, महासचिव योगेन्द्र कुमार कुँवर, उपमहासचिव राधिका कुईँकेल र राजेश पालिखे, सहकोषाध्यक्ष सुशीला घिमिरे, महिला समिति अध्यक्ष सुधा दाहाल, केन्द्रीय सदस्य लक्ष्मी केसी लगायतले ट्रेड युनियन अभियानको बारेमा आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा विभिन्न सञ्चारकर्मीहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा सम्मानित हुनेमा हाम्राकुरा डटकमका अजयबाबु शिवाकोटी, गोरखापत्र दैनिककी पत्रकार राधा चालिसे, नेपाल डेली डटकमकी कृपा श्रेष्ठ र मिडिया सञ्चारका दूर्गा आचार्यलाई सम्मान गरिएको युनियनका प्रचार विभाग प्रमुख बलदेव तामाङले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ