arrow

प्रदर्शनी मार्गमा बिद्यार्थीको तरकारी जुलुस

logo
प्रकाशित २०७६ असार २४ मंगलबार
Nsu-bisadi-rally.jpg

काठमाडौं ।  नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले प्रदर्शनी मार्गमा काँक्रो, फर्सि, कुभिन्डो, काउली बोकेर प्रदर्शन गरेका छन् ।

नेपाल–भारत सीमा नाकामा भारत तथा तेस्रो मुलुकबाट आयात गरिएको तरकारी तथा फलफुल परीक्षण नगर्ने सरकारको निर्णयविरुद्ध विद्यार्थीले मंगलबार विरोध प्रदर्शन गरेका हुन् ।

नेविसंघका निबर्तमान केन्द्रीय सदस्य शैलेन्द्र शर्मा गौडेलको अगुवाइमा आरआर क्याम्पस, ल क्याम्पस, बाल्मिकी क्याम्पसलगायतका विद्यार्थीहरु फलफुल र तरकारी बोकेर सडकमा निस्किएका थिए ।

भारतीय दबाबमा दबाबमा बिषाधीयुक्त, फलफूल र तरकारी बिना परिक्षण नेपाल भित्र्याउने सरकारको निर्यणको बिरुद्ध प्रदर्शन गरिएको नेता गौडेलले बताए । प्रदर्शनपछि नेता गौडेल, पुस्कर बाँस्तोला, राजकुमार रेग्मीलगायतले सरकारी निर्णयको चर्को विरोध जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ