arrow

वर्षाले उपत्यकामा समस्या, यस्तो छ उपत्यकाको ट्राफिक

logo
प्रकाशित २०७६ असार २५ बुधबार
kathmandu-valley.jpeg

काठमाडौं । भारी वर्षाका कारण काठमाडौ उपत्यकामा पनि असर परेको छ । वर्षाकै कारण केही सडकको दुरावस्था भएकाले सवारीमा असर परिरहेको छ । 

ट्राफिक प्रहरी निरीक्षक कैलाशकुमार खत्रीका अनुसार पानी परेका कारण सवारी साधन कम चलेको छ । 

बाहिरबाट आउने सवारी निर्वाध रुपमा आइरहेको उनले बताएका छन् ।

सडक बिग्रेका र खाल्डाखुल्डी भएका कारण बुधबार जाम बढी नै हुन सक्ने अनुमान गरिएको छ ।

थानकोट, गौशाला र चुच्चेपाटी क्षेत्रमा पानी जमेकाले सवारीमा असर पर्ने देखिएको छ ।  

नेविसंघले विषादी तरकारीको विरोधमा कार्यक्रम गर्ने भएकाले दिउँसो कलेज क्षेत्र वरिपरि सवारी आवागमन असजिलो हुने अवस्था छ । 

ट्राफिक निरीक्षक खत्रीका अनुसार गएको २४ घण्टामा सवारी दुर्घटनामा १७ जना सामान्य घाइते भएका छन् । 

१४४४ जनाले सवारी नियम उल्लंघन गर्ने सवारीलाई कार्वाही गरेको अवस्था छ भने मापसे ७२ जना छन् । 

हाउमच ट्याक्सीमा ३७ तथा हर्न कार्वाहीमा १८१ जना रहेका छन् ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ