arrow

वर्षा नै वर्षा, सचेतना दुई दिनसम्म बढी

logo
प्रकाशित २०७६ असार २५ बुधबार
weather3.jpg

काठमाडौं । देशभर भारी वर्षाले जनजीवन अस्तव्यस्त बनेको छ । मनसुनको न्यूनचापिय रेखा नेपालतिरै रहेकाले दुई दिन बढी सतर्क हुनुपर्ने मौसमविद् विभूति पोखरेलले बताएकी छिन् । 

पोखरेलका अनुसार मंगलबार रातिदेखि बुधबार बिहानसम्म देशका अधिकांश स्थानहरुमा सामान्यदेखि भारी वर्षा भइरहेको छ । 

यो क्रम बुधबार र बिहीबार बढी देखिने उनले बताएकी छिन् । उनका अनुसार देशभर नै सतर्क हुनुपर्ने अवस्था देखिए पनि मध्य र पूर्वमा बढी सतर्क रहनु पर्नेछ । 

पश्चिममा पनि सतर्क रहनु पर्ने भए पनि त्योभन्दा बढी सतर्क मध्य पूर्वमा बढी देखिनु पर्नेछ । 

नदी क्षेत्रहरुमा बढी सतर्क रहन पनि आग्रह गरिएको छ । अत्यावश्यक कामका लागि कामको प्रकृति हेरेर बाहिर निस्कनुपर्ने भन्दै सचेत रहन पनि आग्रह गरिएको छ । 

राजमार्गहरुमा पनि वर्षाले गर्दा पहिरो जाँदा समस्या भइरहेको जनाइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ