arrow

पूर्वकर्मचारीको चाडपर्व खर्च कटौती नगर्न आग्रह

logo
प्रकाशित २०७६ असार २५ बुधबार
dashain-tika-2073-1.png

काठमाडौं । लामो समय सरकारी सेवाबाट निवृत्त भएका कर्मचारीले आफूहरुले पाउँदै आएको चाडपर्व खर्च कटौती नगर्न आग्रह गरेका छन् ।

पूर्वकर्मचारीले प्राप्त गर्दै आएको सेवा सुविधा कटौतीबाट राष्ट्रसेवकको जोश र जागरलाई असर पुग्ने सक्नेतर्फ ध्यानकर्षण गराउँदै नेपाल राष्ट्रिय निवृत्त कर्मचारी सङ्घले त्यस्ता खर्च कटौती नगर्न आग्रह गरेको हो ।

सङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै वर्तमान सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई मूर्तरुप दिने राष्ट्रसेवकको मनोबललाई उँचो बनाउन सरकारले उपलब्ध गराउँदै आएको सेवा र सुविधा कटौती गर्न नहुनेमा सरकारको ध्यानाकर्षण गराएको छ ।

सङ्घका अध्यक्ष गेहेन्द्रमान अमात्यले लामो समय जनताको सेवा गरी अवकाश भई सरकारकै आश्रयमा रहेका पूर्वकर्मचारीको योगदानलाई सरकारले बिर्सन नहुने बताए । सरकारले ती कर्मचारीलाई पेन्सनका साथै चाडपर्व खर्च निरन्तररुपमा प्रदान गर्नेमा आफूहरु विश्वस्त रहेको उनले जोड दिए।  

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा सङ्घीय निजामती कर्मचारीसम्बन्धी विधेयकमाथिका छलफलका क्रममा सेवा निवृत्त राष्ट्रसेवकलाई पेन्सनसँगै दिइने चाडपर्व खर्च कटौती गर्नुपर्ने विषयमा छलफल भएको थियो । सरकारले सेवा ती कर्मचारीलाई एक महीनाको पेन्सको रकम बराबरको दशैँ खर्च उपलब्ध गराउँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ