arrow

जिल्ला समन्वयलाई अधिकार विहिन नबनाउँ

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७६ असार २५ बुधबार
jilla-shaba.jpg

स्याङ्जा । नेपालको संविधानले दिएको अधिकारलाई संघिय सरकार र प्रदेश सरकारले जिल्ला समन्वय समितिलाई केही अधिकार नदिदा क्रियाशिल हुन नसकेको बताइएको छ । जिल्ला समन्वय समिति स्याङ्जाको चौथो जिल्ला सभामा प्रस्तुत नीति कार्यक्रम तथा बजेट प्रस्तुत कार्यक्रममा वोल्ने बक्ताहरुले सो बताएका हुन् ।

 जिल्ला सदरमुकाममा आयोजित जिल्ला सभामा नीतिकार्यक्रम तथा बजेट प्रस्तुत गर्दै जिल्ला प्रमुख सीताकुमारी सुन्दासले नेपाल सरकारले जिल्ला सभालाई प्रदेश कानुनले तोकेपनि प्रदेश सरकारले आवश्यक कानुन र कार्यविधि नवनाउदा अफठ्यारो भएको बताईन् । साधन स्रोतको अभाव सगै कुनै जिम्मेवारी नहुदा समन्वय कार्यालय अधिकार विहिन हुन पुगेको प्रमुख सुन्दासको भनाई थियो ।

कार्यक्रममा समन्वय प्रमुख सुन्दासले पेश गरेको कार्यपत्र माथी बोल्ने बक्ताहरुले समन्वयलाई क्रियाशिल बनाउनु पर्ने तर्क गरेका थिए । जिल्ला सभाको उदघाटन संघिय सांसद नारायण मरासिनीले गरेका थिए । उदघाटन गर्दै सांसद मरासिनीले तिनतहको सरकार रहने गरी बनाएको संघियता कार्यन्वयन गर्ने जिम्मेवारी हामी सगँ आएको बताए । नीतिगत कानुनमा केही अभाव रहेको हामीले पनि सोचेका छौं सांसद मरासिनीले भने,“अपुरा र अधिकार विहिन संरचनालाई संशोधन गर्दै अगाडी बढ्ने हो ।” नयाँ संरचनामा मुलुक जादा केही कठिनाई आउने रहेछन् साँसद मरासिनीले सुझाए । जिल्ला समन्वयले प्रदेश सरकार र स्थानीय सरकार सगँ समन्वय गरेर विकासका गतिविधि र स्थानीय स्तरमा खड्केका कानुन निर्माण गर्दै अगाडी बढ्नु पर्ने धारणा राखे ।

सो कार्यक्रममा गण्डकी प्रदेशका विद्यायन समितिका सभापति मोहन रेग्मीले प्रदेशले कानुनै नबनाएको आरोप नलगाउन सबै जनप्रतिनिधिलाई सुझाए । प्रदेशले कानुन बनाएको छ सभापति रेग्मीले भने,“बनेको कानुनलाई अध्ययन गरेर मात्रै आरोप लगाउनु पर्छ ।” समन्वय समितिका लागि यो कानुन प्रयाप्त नहुन सक्छ तर कानुननै बनेको छैन भन्नु गलत सन्देश प्रवाह गर्नु हो रेग्मीले भने । समन्वयले स्थानीय निकायले गरेका कामको अनुगमन सगै सुझाव दिएर आफुलाई क्रियाशिल बनाउन सभापति रेग्मीले आग्रह गरे ।

जिल्ला सभामा गण्डकी प्रदेश सांसद मिनप्रसाद गुरुङ, दिपक चर्तिमगर, कास्की जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर क्षेत्री, गोर्खा समन्वय समितिका उपप्रमुख जानुका अधिकारी, भीरकोट नगर प्रमुख छाँयाराम खनाल, कालीगण्डकी गाँउपालिका प्रमुख खिमबहादुर थापा, प्रमुख जिल्ला अधिकारी कोषहरी निरौला, नेकपाका जिल्ला अध्यक्ष सुर्यप्रसाद गैहै्र, नेपाली काँग्रेसका कार्यबहाक सभापति कुमार राना, पुर्व जिविस सभापति रामबहादुर थापा, गण्डकी प्रदेश उद्योग वाणिज्य संघका उपाध्यक्ष मोति पौडेल, नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्मा लगायतका बक्ताहरुले जिल्लामा हुने राष्ट्रिय गौरवका आयोजनाले स्थान नपाउनु दुखद रहेको बताएका थिए ।

आँधीखोला हाईड्याम, सिद्धार्थ राजमार्थको स्तरोन्नती, राम्दी पुलको स्तरोन्नतीका लागि पहल हुन सके मात्रै समृद्ध स्याङ्जाको सपना पुरा हुने बक्ताहरुले जोड दिएका थिए । जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासको अध्यक्षतामा सम्पन्न भएको जिल्ला सभाको स्वागत उपप्रमुख दिलिपकुमार वगालेले र संचालन समन्वय अधिकारी विश्वप्रकाश अर्यालले गरेका थिए ।

सभाको बन्दसत्रले समन्वय समितिका प्रमुख सुन्दासले पेश गरेको नीति कार्यक्रम तथा बजेट पास गरेको छ भने सिद्धार्थ राजमार्गलाई स्तरोन्नती गर्नका लागि ११ स्थानीयतह नै प्रतिवद्धता रहेको, स्याङ्जाको सभ्यता सगँ गसिएको आँधीखोला र कालीगण्डकी संरक्षणको लागि जिल्लाका सबै स्थानीयतहले प्रतिवद्धता गरिएको छ । स्थानीयतह सगँ समन्वय नगरी संघ र प्रदेश सरकारबाट विकासे आयोजना छनोट हुदा दोहोरोपना र समावेसी नभएकोले यसलाई स्थानीयतह र जिल्ला समन्वय सगँ छलफल गरेर मात्रै योजना छनोट गर्न बन्दसत्रले माग गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ