arrow

प्रधानमन्त्री नेपालको सौख ईन्द्रको 

logo
प्रकाशित २०७६ असार २६ बिहिबार
pm2.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ईच्छा धेरै माथि माथि पुर्याइरहेका छन् । उृनको यो इच्छाले गर्दा उनीमाथि गरिने आलोचना दिन दुई गुणा र रात चौगुणा बढिरहेको छ । 

नेपालको स्थिति राम्रोसंग थाहा हुँदाहुँदै पनि उनी भने त्यो परिस्थितिबाट भाग्न खोज्दैछन् । मानौं उनलाई त्यो परिस्थितिप्रति मतलव नै छैन । 

उनी प्राकृतिक समस्यालाई पनि टार्न खोजिदिन्छन् र त्यसलाई आफ्नो वातानुकुलित गराउन खोज्छन् । 

त्यसको ज्वलन्त उदाहरण हो उनको बुधबार भएको कार्यक्रममा देखिएको ठाँट । प्रसंग थियो त्रिभुवन विश्वविद्यालयको ६० औं वार्षिकोत्सवको । 

विश्वविद्यालयले वार्षिकोत्सव मनाइरहँदा कुलपति एवं प्रधानमन्त्री ओलीले नवनिर्मित उपकुलपति कार्यालयको भवन र मन्दिरको उद्घाटन गरे । 

तर त्यहाँ देखिएको दृष्य भने विल्कुल परिस्थिति भन्दा फरक थियो । असारको यस मनसुनमा निरन्तर वर्षा भइरहेको छ । 

त्यस्तो बेलामा सडक हिलाम्य हुनु स्वभाविकै हो । त्यो हिलोले ओलीको कार्यक्रमलाई भने कुनै असर पारेन । 

जात्रा देखाउने गरी हिलोमाथि रेड कार्पेट बिछ्याइरहेको थियो । साना र तुच्छ कुरासमेत गर्न पछि नपर्ने ओलीले मुस्कानका साथ नै त्यो रेड कार्पेटको आतिथ्य स्वीकार गरे ।

सामाजिक संजालमा उनको यो चाला देखेर धेरै नै आलोचनासमेत भएको छ । कसैले त प्रधानमन्त्री नेपालको सौख ईन्द्रको भन्दै आलोचना नै गरेका छन् । 

प्रधानमन्त्रीलाई यस्ता कुराले छोए पो !
   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ