arrow

खोलाले बगाएर एक विद्यार्थी बेपत्ता

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ असार २७ शुक्रबार
jajarkot-river.jpg

पाँचथर । खोला तर्ने क्रममा पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ४ स्थित नुँवा खोलाले वगाएर शुक्रबार बिहान एक विद्यार्थी बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा स्थानिय खेसेङखोपाका होलीचायल्डमा अध्ययनरत ८ वर्षिय बालक जिवन राई रहेका छन् ।

उनको खोजी कार्यका लागि अहिले प्रहरी चौकी रवि र स्थानीयले खोजी कार्य तिव्र पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौड्यालले बताए।

निरन्तरको वर्षातको कारण नुँवा खोलामा आएको वाढीले बगाएर उनी बेपत्ता भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ