arrow

बागमती नदीको बहाब खतराको सूचकमाथि, खतरा घण्टी बजाईयो

logo
प्रकाशित २०७६ असार २७ शुक्रबार
denger-bagmati.PNG

काठमाडौं । प्रदेश नं २ को सर्लाहीमा पर्ने बागमती गाउँपालिकामा बागमती नदीको बहाब खतराको सूचकभन्दा माथि पुगेको छ । काठमाडौंबाट जाने मूल बागमती नदीमा विभिन्न उपनदीहरु मिसिँदै जाँदा तराईमा पुगेको बागमतीमा बहाब खतराको सूचक माथि पुगेको हो । 

सरकारको उर्जा जलस्रोत तथा सिञ्चाई मन्त्रालय अन्तर्गत्को जल विज्ञान महाशाखाले दिएको जानकारी अनुसार अहिले सर्लाहीको कर्मैया स्टेसनमा पानीको बहाब खतराको सूचकमाथि पुगेपछि चेतावनीमूलक खतराको घण्टी बजाईएको छ । महाशाखाले अन्य नदीहरुमा भने कुनै खतरा नरहेको उल्लेख गरेको छ । त्यस्तै, राई गाउँ हुँदै बग्ने बागमतीमा पनि राई गाउँ स्टेसनले सचेत हुनुपर्ने बताएको छ । त्यहाँ रातो बत्ति नबालिइको भएपनि सचेत हुनुपर्ने भन्दै पहेँलो घण्टी बजाईको छ । 

विगत केहीदिनदेखि काठमाडौं उपत्यकामा भीषण बर्षा भईरहेको छ । यसले बागमती र यसका सहायक नदीहरुमा काठमाडौं उपत्यकादेखि नै पानीको बहाब बढ्ने गरेको छ । केही दिन काठमाडौंको बालाजुमा विष्णुमति नदीमा नै रातो बत्ति बालिएको थियो । अबको केहीदिन अझै काठमाडौँ उपत्यका लगाएत देशका तराई भूभागहरु ९विशेष गरि सर्लाही धनुषा महत्तरी सिन्धुली रौतहत बारा पर्सा तथा यसका आसपासका क्षेत्रहरुम हावाहुरी सहित वर्षा हुने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ