arrow

त्रिभुवन विमानस्थल शुक्रबार अपराह्नसम्मपनि नखुल्ने

logo
प्रकाशित २०७६ असार २७ शुक्रबार
tia1.jpg

काठमाडौं । यति एयरलाइन्सको विमान रन वेमा चिप्लिएपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा अझै समय लाग्ने बताईएको छ । अवतरणका क्रममा विमान चिप्लिएपछि विहानदेखि नै विमानस्थल बन्द गरिएको छ ।  

नेपालगञ्जबाट काठमाडौं आएको एटीआर ७२ विमान अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएको थियो। दिउँसो २ बजे यो समाचार तयार पार्नेबेलासम्म पनि विमानलाई रन वेबाट बाहिर लैजाने प्रयास चलिरहेको विमानस्थल प्रशासनले जनाएको छ । 

विमानस्थल व्यवस्थापन कार्यालयका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार अहिले विमानस्थलमा चिप्लिएको विमानलाई हटाउने प्रयास भईरहेको भन्दै अबको एक घण्टामा विमानस्थल सञ्चालनमा आउने बताए । 

विमान दूर्घटनाको क्रममा एक यात्रु घाइते सामान्य भएका छन् । अन्य यात्रु सकुशल छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ