arrow

पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा, वर्षा रोकिएन

logo
प्रकाशित २०७६ असार २७ शुक्रबार
pahiro-1.jpg.jpeg

काठमाडौं । अविरल वर्षाका कारण अबरुद्ध भएको पृथ्वी राजमार्ग स्थित धादिङको बेनिघाट रोराङ गाउँपालिकामा एकतर्फी सञ्चालनमा आएको छ । बेनिघाट रोराङ गाउँपालिकाको जवाङ खोलामा पहरोबाट बाढी सडकमा जमेपछि ११ बजेदेखि राजमार्ग अबरुद्ध थियो । 

जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार अहिले एक्जाभेटर लगाएर एक तर्फी बाटो सञ्चालनमा ल्याईएको छ । गाउँपालिकाका प्रमुख पित्त बहादुर डल्लाकोटीले पनि अवरोध हटाउने क्रम जारी रहेको बताए । प्रहरीका अनुसार पानी परिरहेको र हिलो माटो पनि खसिरहेकोले दुईतर्फी सञ्चालनमा आउन कति समय लाग्छ भन्नेबारे यकीन भन्न सकिने अवस्था छैन । 

प्रहरीका अनुसार धादिङकै जुँगेखोलामा पनि अविरल वर्षापछि पहिरोका कारण सडक अबरुद्ध भएको थियो । यहाँ पनि बाटो खुलाउने प्रयास जारी छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ