arrow

सर्लाही प्रकरणमा संसदीय समिति नबन्दासम्म कांग्रेसले संसद अबरुद्ध गर्ने

सभामुख सरकारको पदाधिकारी भए

logo
प्रकाशित २०७६ असार २७ शुक्रबार
samsad-congress.jpg

काठमाडौं । नेपाली कांग्रेसले सर्लाहीमा कुमार पौडेलको हत्या तथा प्रहरी कार्वाहीमा मारिएका सरोज नारायण महतो र स्थानिय निकायको लापर्वाहीमा मृत्यु भएका अमित रायको बिषयमा सत्यतथ्य छानविनका लागि संसदीय समिति नबनाउँदासम्म संसद अबरुद्ध पार्ने जनाएको छ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले शुक्रबार राजधानीमा पत्रकारहरुसँगको अन्तक्रियामा सर्लाही घटनाको छानविनका लागि संसदीय समिति गठन नगरेसम्म संसद अबरुद्ध कायम रहने बताएका हुन। कांग्रेसले सो विषयलाई लिएर संसद अबरुद्ध गर्दै आइरहेको छ भने सरकारका गलत क्रिाकलापका बिरुद्ध कांग्रेसले राष्टिय जनता पार्टी राजपालाई समेत साथ लिएर सरकारका बिरुद्ध मोर्चा बनाएको छ ।  

प्रमुख सचेतक खाँणले संसदमा सरकारले देखाएको निरंकुश शासन शैलीको यात्रालाई रोक्न कांग्रेसले राजपासँग मोर्चा बनाएरै अघि बढ्ने निश्कर्ष निकालेको बताए । उनले प्रजातन्त्र, जनअधिकार, सुरक्षा लगायतका विषयमा राजपासँग सहकार्य गर्दै अघि बढ्ने जनाए ।  

सभामुख सरकारको छायाँ  
कांग्रेस प्रमुख सचेतक खाँडले प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा सरकारको सहयोगी पदाधिकारी जस्तो भएको आरोप समेत लगए।  उनले सभामुख नै सरकारको छायाँ बन्दा स्वतन्त्र संसदको सभामुखको भूमिका कमजोर भएको जनाएका हुन । सो कारण सभामुखको प्रतिष्ठा समेत पछिल्लो समय गिर्दै आएको उनको भनाइ छ ।

उनले कांग्रेस संविधानको पालना, विधिको सासन र जनताको अधिकारका पक्षमा सरकारको बिरुद्ध लडिरहने समेत बताए ।

सरकार संविधानको पालना पनि गर्दैन, विधिको सासन पनि मान्दैन, जनताका अधिकार माथी पनि हस्तक्षेप गर्दै हिड्छ, यस्तो अवस्था कांग्रेसले सहँदैन, खाँणले भने । सरकारको यस्तै शैलीका कारण निर्वाचन पछि रचनात्मक देखिएको कांग्रेस सरकारका काम कारवाहीप्रति आक्रामक हुनुपरेको समेत उनले जानकारी दिए ।

कांग्रेसले संसदीय गतिविधिलाई विधि विधान र प्रक्रियागत ढंगले राख्न छायाँ सरकार बनाएको भन्दै खाँणले कांग्रेसले मुलुकका हितका विषयमा सरकारलाई सहयोग गर्ने तर हित विपरितका काममा तह लगाउने समेत प्रष्ट पारे ।

एक फरक प्रसंगमा उनले सरकारले ल्याएको प्रेस स्वतन्त्रता विरोधि मिडियासँग सम्वन्धित कुनै पनि विधेयकलाई कांग्रेसले अघि बढ्न नदिने र पेलेरै अघि बढे अन्य विधेकहरुलाई पनि रोक्ने चेतावनी दिए।

अन्तरक्रियामा राष्ट्रिय सभाका विपक्षी दलका नेता सुरेन्द्र पाण्डे, प्रतिनिधीसभामा नेपाली कांग्रेसका सचेतक पुष्पा भुषाल, राष्ट्रिय सभामा नेपाली कांग्रेसका सचेतक सरिता प्रसाई सांसद बहादुर लामाले सरकारी रवैया र नियतबारे टिप्पणी गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ