arrow

उच्च बहाबका कारण नहर फुटेपछि रौतहटका ४ गाउँ डुबानमा, राजमार्ग पनि अबरुद्ध

logo
प्रकाशित २०७६ असार २७ शुक्रबार
rautahat-photo.jpg

गौर । भारी वर्षा पछि आएको नदीको उच्च बहाबका कारण रौतहटका विभिन्न गाउँहरु डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार जिल्लाका प्रमुख नदीहरु वागमती, झाझ र बकैयामा पानीको बहाब बढेर ती बस्ती डुबानमा परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रबक्ता नबिन कार्कीका अनुसार गौर बजारमा अहिलेसम्म पानी पसेको छैन । अहिले राजपुर न.पा.-९ फतुवा पुल पश्चिमतर्फको नहरको बाँध फुट्दा बैरीया गाउँ डुवानको खतरापछि सो गाउँका मानिसहरुलाई सुरक्षित स्थानमा जान भनिएको छ । 

अर्कोतर्फ लालबकैया नदीले फतुवा विजयपुर नगरपालिका स्थित हर्षाहा गाउँको बाँध कटान गरेपछि त्यो पानी पनि बस्तीमा जान लागेको छ । अहिले पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुरदेखि पूर्वमा रहेको कजवेमा पानीको उच्च बहावका कारणसैयौंको संख्यामा सवारी रोकिएका छन् । प्रहरीका अनुसार जिल्लाको बन्जरहा, औरैया, बेलबिछ्वा, बडहरवाका बस्तीहरू डुवानमा परेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ