arrow

पाँच नदीको १९ स्टेसनमा चेतावनीसूचक रातो झण्डा, वर्षा नरोकिँदा झनै समस्या

logo
प्रकाशित २०७६ असार २७ शुक्रबार
denger-river.JPG

काठमाडौं । पछिल्लो समय भारी वर्षाको क्रम नरोकिएपछि देशभरका विभिन्न ५ नदीहरुको १९ स्टेसनमा रातो झण्डा गाडिएको छ । देशभरका विभिन्न मूल नदीहरुमा भारी वर्षाका कारण खतराको तह बढेको हो । जल विज्ञान महाशाखाका अनुसार विभिन्न विभिन्न ५ वटा मूल नदीहरुका विभिन्न स्टेसनमा यतिबेला खतराको सूचक रातो बत्ति बालिएको छ । त्यहाँ भारी वर्षा नरोकिएपछि खतराको झण्डा गाडिएको हो । 

यसरी रातो झण्डा गाडिएको नदी र स्टेसनहरु मध्ये नारायणी नदीको रजैया स्टेसन, मकवानपुरगढी स्टेसन, कोल्भी, सिलिङ्गे स्टेसनमा रातो झण्डा गाडिएको छ ।

सरकारको उर्जा जलस्रोत तथा सिञ्चाई मन्त्रालय अन्तर्गत्को जल विज्ञान महाशाखाले दिएको जानकारी अनुसार कमला नदीको तितृया, रानीबास, सिराहा, जिनाखु, चिसापानी बजार स्टेसनमा रातो झण्डा गाडिएको छ । कोशी नदी अन्तर्गतको सहायक नदीमा पनौतीको रोशी खोला, माने भन्ज्याङ र लेटाङमा रातो झण्डा गाडिएको छ । 

कन्काई नदीको सोक्तिम चियाको क्षेत्र स्टेसन, कन्याम चिया क्षेत्रमा पनि रातो झण्डा गाडिएको छ । बागमती नदीको हरिहरपुर गढी स्टेसन, नेपालथोक, पनौतीको खोपासी, गरुडा र चिसापानीगढी स्टेसनमा रातो झण्डा गाडिएको छ ।  

रौतहटका ४ गाउँ डुबान 
प्रदेश नं २ को सर्लाहीमा पर्ने बागमती गाउँपालिकामा बागमती नदीको बहाब खतराको सूचकभन्दा माथि पुगेको छ । काठमाडौंबाट जाने मूल बागमती नदीमा विभिन्न उपनदीहरु मिसिँदै जाँदा तराईमा पुगेको बागमतीमा बहाब खतराको सूचक माथि पुगेको हो । 

अनुसार अहिले सर्लाहीको कर्मैया स्टेसनमा पानीको बहाब खतराको सूचकमाथि पुगेपछि चेतावनीमूलक खतराको घण्टी बजाईएको छ । महाशाखाले अन्य नदीहरुमा भने कुनै खतरा नरहेको उल्लेख गरेको छ । त्यस्तै, राई गाउँ हुँदै बग्ने बागमतीमा पनि राई गाउँ स्टेसनले सचेत हुनुपर्ने बताएको छ । त्यहाँ रातो बत्ति नबालिइको भएपनि सचेत हुनुपर्ने भन्दै पहेँलो घण्टी बजाईको छ । 

महाशाखाका अनुसार काठमाडौंको खोकना र प्रदेश नं २ को सर्लाहीमा पर्ने बागमती गाउँपालिकामा बागमती नदीको बहाब खतराको सूचकभन्दा माथि पुगेको छ । काठमाडौंबाट जाने मूल बागमती नदीमा विभिन्न उपनदीहरु मिसिँदै जाँदा तराईमा पुगेको बागमतीमा बहाब खतराको सूचक माथि पुगेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ