arrow

भोजपुरमा पहिरोले २ को ज्यान गयो, कसैको शौच गर्दागर्दै त कसैको सुतिरहेको बेलामा मृत्यु 

logo
प्रकाशित २०७६ असार २७ शुक्रबार
bhojpur_district_map.png

काठमाडौं । पूर्वी एक नं प्रदेशको भोजपुर जिल्लामा अविरल वर्षापछि परेको पहिरोमा परी दुई जनाको ज्यान गएको छ । शुक्रबार एक जनाको र बिहीबार एक जनाको पहिरोका कारण ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी इन्सपेक्टर पाण्डव राजवंशीले दिएको जानकारी अनुसार रामप्रसाद राई गाउँपालिका ७, बासिखोराका जगतबहादुर राई र टेम्केमैयुङ गाउँपालिका ९, लेखर्कका जनक विकको ज्यान गएको हो ।

बासीखोराका ६६ वर्षीय बृद्ध जगत बहादुर राईको बिहीबार बिहान सुतीरहेको बेलामा घरमाथिबाट पहिरो खसी घर नै भत्काएको र उनको मृत शरीर फेला परेको थियो । उनको अहिले जिल्ला प्रहरीले पोस्टमार्टम गरिसकेको छ । उनको अविरल वर्षा पछि पहिरोमा परी ज्यान गएको पत्ता लागेको छ ।

त्यस्तै, जिल्लाको टेम्केमैयुङ गाउँपालिका ९, लेखर्कका १४ वर्षीय जनक विकको शौच गर्दा गर्दै पहिरोले पुरेर ज्यान गएको छ । उनी विहान साढे १० बजेतिर आफ्नै घरको शौचालयमा शौच गर्दै गरेको बेलामा माथिको ढिस्को पहिरिएर ज्यान गएको हो । पहिरोले शौचालय पुरेको उनी दिदीले देखेपछि प्रहरीलाई खबर गरेको र पछि उद्दार गर्नेक्रममा उनको ज्यान गईसकेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ