arrow

सरकार विरुद्ध नेविसंघले भिजेरै गर्‍यो विरोध

logo
प्रकाशित २०७६ असार २७ शुक्रबार
Nsu-birodh-pani.jpg

काठमाडौं । जनअपेक्षा अनुरुप काम गर्न नसक्दा दिनप्रतिदिन आलोचनाको पात्र बनेको सरकार विरुद्ध प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका विद्यार्थी संगठन नेविसंघले भिजेरै प्रदर्शन गरेको छ । नेविसंघले भारतबाट आयात गर्ने तरकारीको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको विरोधमा शुक्रबार काठमाडौंको माईतीघर मण्डलादेखि वानेश्वरसम्म विरोध प्रदर्शन गरेको हो । 

शुक्रबार विहान नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा भएको विरोध प्रदर्शन सरकारविरुद्धको चरणवद्ध आन्दोलनकै एक कार्यक्रम भएकोले पानी परेको भएपनि विरोध कार्यक्रम नरोकेको नेविसंघ पूर्व सहमहामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए । 

विरोधपछि विद्यार्थी नेता कुन्दन काफ्लेले राष्ट्रवादको बुर्का ओेढेर सरकारलाई धोका दिएको विरोधमा आफूहरुले आन्दोलन गरेको बताए । आफ्नो यो आन्दोलन जनतालाई विष खुवाउने सरकारी निर्णय विरुद्ध रहेको बताएका छन् ।

नाकामा भारत तथा तेस्रो मुलुकबाट आयात हुने फलफूल तथा तरकारीको विषादी परीक्षणका लागि नेपालको तयारी नपुगको भन्दै सरकारले परीक्षण रोकेको थियो। त्यसैको विरुद्ध नेविसंघ चरणवद्ध आन्दोलनमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ