arrow

बाढी पहिरोका कारण देशभर १४ जनाको ज्यान गयो, कुन् जिल्लामा कति ?

logo
प्रकाशित २०७६ असार २७ शुक्रबार
rautahat-photo.jpg

काठमाडौं । अविरल वर्षापछि गएको बाढी पहिरोका कारण देशभरका विभिन्न जिल्लामा १२ जनाको ज्यान गएको छ । शुक्रबारमात्रै विभिन्न जिल्लामा ११ जनाको ज्यान गएको थियो भने बिहीबार पहिरोको कारण नै थप एक जनाको ज्यान गएको छ । 

गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले दिएको जानकारी अनुसार सबैभन्दा धेरै काठमाडौंको मूलपानीमा पहिरोमा परी ३ जनाको ज्यान गएको छ । त्यस्तै, पर्सा, रामेछाप सिन्धुली, ललितपुर, धादिङमा समान एक एक जनाको ज्यान गएको छ । त्यस्तै, भोजपुर र काभ्रेमा भने दुई दुई जनाको ज्यान गएको केन्द्रका उपसचिव वेदनिधि खनालले जानकारी दिए । 

जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी इन्सपेक्टर पाण्डव राजवंशीले दिएको जानकारी अनुसार रामप्रसाद राई गाउँपालिका ७, बासिखोराका जगतबहादुर राई र टेम्केमैयुङ गाउँपालिका ९, लेखर्कका जनक विकको ज्यान गएको हो ।

बनेपा नगरपालिका–३, चुनतालमा पहिरोले घर बगाउँदा हजुरआमा गोमा दंगाल र उनकी नातिनी सुहावी दंगालको ज्यान गएको हो । त्यस्तै, रामेछाप नगरपालिका–५, रामपुरकी पदमकुमारी सुनुवार, रौतहटको जितपुर नगरपालिका–६, का उमेश यादवको मकवानपुरमा ज्यान गएको हो । 

काठमाडौंको मूलपानीमा टहरमा अर्काे घरले किच्दा २० वर्षीया निलु यादव, ३५ वर्षीया सर्मिला यादव र कुन्दन यादवको ज्यान गएको छ ।  केन्द्रका अनुसार अहिले १४ जना घाइते छन् भने ८ जना बेपत्ता रहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ