arrow

कांग्रेस कम्युनिष्ट असफलताको दिशामा गए, राप्रपाको भबिष्य छ : कमल थापा

logo
कांग्रेस
प्रकाशित २०७६ असार २७ शुक्रबार
kamal-thapa1.JPG

बिराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा लाई पुनर्जागृत गराएरै छाड्ने दृढता ब्यक्त गरेका छन् । पार्टीको मोरङ जिल्ला कार्य समितिको बिस्तारित बैठकलाई सम्बोधन गर्दै थापाले राप्रपालाई जनताले बिस्तारै आशा र बिश्वासको नजरले हेरिरहेको तथा कांग्रेस कम्युनिष्ट असफलताको दिशामा गएको दाबी गरे ।

 'म पछिल्लो छोटो अबधिमा मेची- महाकाली दुई पटक गए, ५०-५२   जिल्लाको भ्रमण गरेको छु' भन्दै थापाले कार्यकर्ताहरुलाई ढाडस दिदै भने- 'राप्रपाको भबिष्य छ,बिस्तारै उठ्दैछ, उठ्छौ,हामिले एजेन्डा स्थापित गराएरै छाड्छौ।'

कार्यकर्ताहरु कोहि पनि बिचलित हुनु नपर्ने भन्दै थापाले अभाब र संकटमा मान्छेको परिक्षा हुने भएकोले खरो रुपमा उत्रन कार्यकर्तालाई निर्देशन दिए । आरोप प्रत्यारोप लगाउने वा कुनै निहुँ र बाहाना बनायर कोहि निष्कृय हुने छुट नभएको भन्दै थापाले बलियो एजेन्डा, प्रतिबद्ध, निष्ठावान र लगनशिल कार्यकर्ताको बलमा राप्रपा अघि बढ्ने दाबी गरे ।

राप्रपालाई मुलुकको प्रमुख राजनीतिक शक्ति निर्माण गरेर छाड्ने आँट आफुमा रहेको भन्दै थापाले कांग्रेस र कम्युनिष्टको विकल्पको रुपमा राप्रपा केही समयमा राजनीतिक परिदृष्यमा उदाउने बिचार ब्यक्त गरे ।

 सो अबसरमा पार्टीका प्रदेश -१ का अध्यक्ष राम थापा, सहायक महामन्त्री केदार कोइराला, दिनेश साह, माधब आचार्य लगायतले बोलेका थिए । थापा धनकुटा , मोरङ्ग, इलाम र झापाको कार्यक्रममा सहभागी हुने पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ