arrow

ट्वीट गर्दै प्रधानमन्त्रीले दिए जानकारी- बाढीसँगै उद्धारका लागि सुरक्षाकर्मी परिचालन

logo
प्रकाशित २०७६ असार २७ शुक्रबार
kp-oli6.JPG

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षासँगै आएको बाढीबाट हुनसक्ने क्षति न्यूनीकरण तथा उद्धार गर्न तदारुकताका साथ सुरक्षाकर्मी परिचालन गरिएको बताएका छन् ।

शुक्रबार ट्वीट गर्दै उनले सम्भावित जोखिमबाट जोगाउनका लागि पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालय सक्रिय रहेकोसमेत जानकारी गराएका छन्  । उनले सर्लाहीस्थित भारतसँगको सीमा क्षेत्रमा डुबानको समस्या समाधान गर्न दुई देशबीच समन्वय गरी बहाव खुलाउने काम भइरहेको जनाएका छन् ।

प्रधानमन्त्रीले बिहीबारदेखिको अविरल वर्षाका कारण आएको बाढीमा परी छ जनाले ज्यान गुमाएको, सात जना बेपत्ता तथा ४०० भन्दा बढी घरमा क्षति पुगेको जानकारी दिएका छन् । बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले मृतकका परिवारजनप्रति समवेदना व्यक्त गरे।

यसैबीच, मधेसी आयोगले अविरल वर्षाका कारण मधेश क्षेत्रमा भएको डुबान र यसबाट सिर्जित मानवीय सङ्कट समाधान गर्न सरोकारवाला निकायसमक्ष आग्रह गरेको छ ।

आयोगद्वारा आज जारी विज्ञप्तिमा स्थानीय समाजसेवी, सङ्घ संस्था, स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन, नेपाल रेडक्रस तथा अन्य सरोरकारवालाबीच समन्वय र सहकार्य गरी पीडितको तत्काल उद्धार, राहत र पुनःस्थापना कार्य प्रभावकारी बनाउन आग्रह गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ