arrow

अझै दुई दिन यस्तै झरी, उच्च सतर्कता अपनाउन आग्रह

logo
प्रकाशित २०७६ असार २७ शुक्रबार
weather_news.JPG

काठमाडौं । जल तथा मौसम विभागले अझ २ दिनसम्म यसरी नै झरी परिरहने बताएको छ । शुक्रबार एक विज्ञप्ती जारी गर्दै विभागले अबको २ दिनसम्म मौसम प्रतिकूल रहने भन्दै सचेत रहन आग्रह गरेको हो । 

विगत केहीदिनदेखि सक्रिय भएको मौसमपछि विभिन्न नदीहरुमा बाढी जाँदा शुक्रबार मात्रै १४ जनाको ज्यान गएको छ । मध्य तथा पूवी नेपालमा विशेषगरी मौसम सक्रिय हुँदा बागमती, नारायणी, कमला लगायतका नदीहरुमा समेत बाढीले खतराको तह पार गरिसकेका छन् । 

यसै विषयमा मौसम पूर्वानुमान महाशाखाले दैनिक पूर्वानुमान गरिरहेको हुन्छ । त्यसैले विभागले जारी गरेको विज्ञप्तीमा अझै २ दिन उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ