arrow

त्रिशूलीमा ट्रक खस्यो, एक बेपत्ता

logo
रासस,
प्रकाशित २०७६ असार २८ शनिबार
trisuli.jpeg

भरतपुर।पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलाबाट ट्रक त्रिशूली नदीमा खसेको छ। ट्रकका सहचालक बेपत्ता भएका छन् भने चालक घाइते भएका छन्। गए राति १:३० बजेको समयमा भैरहबाबाट दाना बोकेर काठमाडौँ जाँदै गरेको ना ४ ख १७९६ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो।

ट्रकका सहचालक दाङ घोराही बस्ने २५ वर्षीय अनिल गुरुङ बेपत्ता भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। गाडीका चालक ललितपुर बस्ने ४६ वर्षीय माधव थापामगर घाइते भएका छन्। उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। ट्रक पूरै पानीमा डुबेको र  नदीमा बाढी आएका कारण उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ