arrow

लर्डसमा पुगेर विश्वकप क्रिकेटको फाइनल हेरेपछि गगन थापाले लेखे, ‘नेपाली खेलाडीले फाइनल खेलेको हेर्ने धोको छ’

भिजिट नेपालको गरे प्रमोशन 

logo
प्रकाशित २०७६ असार ३० सोमबार
gagan-thapa10.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले एक दिवसीय विश्वकप क्रिकेटको फाइनल खेल इंगल्याण्डको लर्डस मैदानमा पुगेर हेरेका छन् । 

स्कुले उमेरदेखि नै क्रिकेट भनेपछि हुरुक्कै हुने थापाले लर्डस मैदानमा पुगेर खेल हेरेको तस्वीर ट्वीटरमार्फत सार्वजनिक गरेका छन् । 

उनले ट्वीटरमा इंगल्याण्ड र न्यूजिल्याण्डको फाइनल खेल हेर्ने अवसर मिलेको र यसबाट आफू उत्साही भएको बताएका छन् । 

उनले आफ्नो देश नेपाल र नेपाली खेलाडीले विश्वकपको फाइनल खेलेको हेर्ने धोको रहेको समेत बताएका छन् । 

विश्वकप एक दिवसीय क्रिकेटको फाइनलमा अहिलेसम्मकै निकै रोमाञ्चक प्रदर्शन भएको छ । निर्धारित ५० ओभरमा टाइ भएपछि थपिएको सुपर ओभरमा पनि टाइ भएपछि बढी चौका प्रहार गरेको आधारमा इंगल्याण्ड विजयी भएको थियो । 

गगन थापाले इंगल्याण्डमा पुगेर भिजिट नेपाल २०२० को पनि प्रमोशन गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ