arrow

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक

logo
प्रकाशित २०७६ भदौ ३ मंगलबार
sarbadaliya.jpg

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बसेको छ भएको छ । बैठकमा राष्ट्रिय पार्टीको मान्यता प्राप्त दलका नेता सहभागी भएका छन् ।  

संसद्मा विचाराधीन अवस्थामा रहेका विभिन्न विधेयक, मुलुकको पछिल्लो राजनीतिक अवस्थालगायत विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो ।

 प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको बैठकमा सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका नेताहरु, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवलगायतका नेता सहभागी थिए  ।

साथै गृहकार्य नपुगेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगन भएको छ । बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगन भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेकपाले आज अपराह्न ३ बजेका लागि पार्टी सचिवालय बैठक बोलाएको थियो ।

बैठकमा पोलिटब्यूरो गठन, विभिन्न आयोग, निकाय, सल्लाहकार कमिटी, ज्येष्ठ कम्युनिष्ट मञ्च, प्रवास कमिटीलगायतका साङ्गठनिक बाँडफाँटका विषयमा टुङ्गो लगाउने कार्यसूची रहेको थियो । तयारी नपुगेको भन्दै बैठक भोलिसम्मका लागि स्थगित भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ