arrow

एकाएक बिग्रियो मौसम

logo
प्रकाशित २०७६ भदौ १२ बिहिबार
weather.jpg

काठमाडौं । मौसम एकाएक बिग्रिएको छ । काठमाडौ उपत्यकामा बिहान अँध्यारोजस्तो देखिएको छ । महाशाखाले देशभरकै मौसम आंशिकदेखि सामान्य बदलीको स्थितिमा रहेको जनाएको छ । 

महाशाखाले मेघगर्जन र चट्याङ पर्ने भएकाले सतर्कता अपनाउन विशेष अनुरोध गरेको छ । 

मौसम पूर्वानुमान महाशाखाले यस्तो प्रकृतिको मौसम प्रक्षेपण नगरेको भए पनि वर्षा हुने सम्भावना भने बुधबारै जनाएको थियो । 

मनसुनी न्यून चापिय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ रहेको महाशाखाले जनाएको छ ।  त्यस्तै पूर्वी भूभाग नजिक रहेको न्यून चापिय क्षेत्रका कारण पूर्व र मध्य भूभागमा मौसमी गतिविधि बढेको जनाइएको छ । 

महाशाखाले बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ ।

त्यस्तै राति पनि उक्त अवस्था नै रहेको जनाएको छ । 

 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ