arrow

भूकम्प प्रतिरोधी भवन निर्माणको प्रशिक्षणमा अर्घाखाँची सिमेन्टको पहल

logo
प्रकाशित २०७२ चैत २२ सोमबार
Arghakhanchi-Cement.jpg.jpeg
काठमाडौ। अर्घाखाँची ओ.पि.सी. सिमेन्टले गुणस्तरीयता र भूकम्प प्रतिरोधी भवन निर्माणको सम्बन्धमा २०७२ चैत्र २० गतेका दिन भक्तपुर, थापा पार्टी प्यालेसमा निर्माणकर्मी, ब्लक तथा रिङ उद्योगीहरु सँग जानकारी मूलक कार्यक्रम सम्बन्धि प्रशिक्षण भएको छ।
 
अर्घाखाँची ओ.पि.सी.सिमेन्ट प्रा.लि.ले भक्तपुरका २ सय जना निर्माणकर्मी, ब्लक तथा रिङ उद्योगीहरुलाई सिमेन्टको गुणस्तरीयता र भूकम्प प्रतिरोधी भवन कसरी बनाउन सकिन्छ भन्ने बरेमा प्रशिक्षण केन्द्रीत थियो।
 
निर्माणकर्मी, ब्लक तथा रिङ उद्योगीहरुलाई भूकम्प प्रविधि राष्ट्रिय समाजले तयार पारेको भिडियो सामाग्री देखाएर भूकम्प प्रतिरोधी भवन निर्माणको बारेमा प्रशिक्षण दिएको थियो। 
 
त्यस्तै भवन निर्माण गर्दा अर्घाखाँची ओ.पि.सी. सिमेन्टको प्रयोग महत्वपूर्ण हुनुमा गुणस्तरीयता प्रमुख कारण रहेको पनि औंल्याएको छ। प्रा.लि.का सिनियर म्यानेजर—सेल्स एण्ड मार्केटिङ् रमेश थापाले मुलुकमा कर्यन्वयन भैरहेका ठूला आयोजनाहरुमा अर्घाखाँची ओ.पि.सी. सिमेन्ट प्रयोग हुँदै आएको बताए।
 
सिमेन्ट अत्याधुनिक प्रविधिबाट उत्पादन गरिएको नेपालकै एक गुणस्तरीय ओ.पि.सी. सिमेन्ट भएको थापाले बताए। सिमेन्ट उत्पादन विधि र गुणस्तरीयताको विषयमा प्रशिक्षण दिएको थियो। सिमेन्ट उत्पादन विधि र गुणस्तरीयताको विषयमा उद्योगका इन्जिनियर अभिनय जैसवालले प्रशिक्षण दिएका थिए। 
 
त्यस्तै उद्योगले दैनिक १२ सय मेटिक टन (२४ हजार बोरा) प्रतिदिन सिमेन्ट उत्पादन गरेको जानकारी दिएको छ। भैरहवामा उद्योग रहेको अर्घाखाँची ओ.पि.सी. सिमेन्ट बजारमा उपलब्ध गराउदै आएको बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ