arrow

विभागले माग्यो माफि

logo
प्रकाशित २०७६ असोज ७ मंगलबार
cow.JPG

काठमाडौं ।  पशुसेवा विभागले राष्ट्रिय जनावर गाईको तस्विर राखिएकोप्रति माफि मागेको छ । विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै माफि मागेको हो ।

जारी विज्ञप्तिमा भनिएको छ, '‘२ झ ३८८१ नम्बरको मोबाइल भ्यानमा पशुपन्छीजन्य उत्पादनहरू दूध, मासु, अण्डा, आदिको उत्पादन, प्रशोधन तथा उपभोगलाई गुणस्तरीय बनाउने हेतुले प्रचारका लागि राखिएको पोष्टरमा छपाईको त्रुटिका कारणले गाईको तस्वीर भूलवस पर्न गएकोमा सर्वसाधरण लगायत समपूर्ण सरोकारवालाहरूले उठाएको गुनासोप्रति विभागको ध्यानाकर्षण भएको छ।’

दसैलाई लक्षित विभागले आम जनतालाई स्वच्छ र स्वस्थ मासु खान सचेत गराउन तयार पारिएको ‘बधशालादेखि भान्सासम्म स्वच्छ र स्वस्थ मासु’ भन्ने नेपाल सरकारको लोगो सहितको प्रचार सामग्री पोस्टरमा गाईलाई तस्विर राखिएको थियो । गाइको तस्विर राखिपछि बोरोध भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ