arrow

चार्लस टान्नकले गरे अनुच्छेद ३७० प्रति मोदीको समर्थन 

logo
हाम्रा कुरा
प्रकाशित २०७६ असोज ८ बुधबार
charles-tannak.JPG

काठमाडौं । युरोपेली संसदका पूर्व सदस्य डा चार्लस टान्नकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको समर्थन गरेका छन् । उनले मोदी सरकारले जम्मूकश्मीरबाट अनुच्छेद ३७० हटाएकोमा समर्थन गरेका हुन् ।  

राजनीतिक रुपले आफू सन् १९९९ मा युरोपेली संसद भएपछि भारतीय राजनीतिसंग जोडिएको उल्लेख गर्दै उनले भारतले अहिले चालेको कदमको समर्थन गरेका हुन् । 

उनी दक्षिण एसियाली डेलिकेट्सका रुपमा भारतसंग जोडिएका थिए । उनले सन् २००७ मा जम्मू–कश्मीरको भ्रमण गरेको भन्दै त्यतिबेला निकै आशावादी समय भएको पनि उल्लेख गरेका छन् । 

डा चार्लस टान्नकले भारतमा भएका घटना, पाकिस्तानसंग एलओसीमा भएको शान्ति सम्झौता र युरोपेली संसदमा भारतीय र पाकिस्तानी प्रधानमन्त्रीले दिएका अभिव्यक्तिबारेसमेत जानकारी दिएका छन् ।

मोदीले राम्रो काम गरेकैले पनि दोस्रो पटक भारी मतले चुनाव जितेको उनको तर्क छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ