arrow

नरहरी निवासमा जम्मा भएकाहरुले सोधे, ' के गर्दैछ कांग्रेस ?'

logo
प्रकाशित २०७६ असोज १९ आइतबार
narahari-congress.jpg

काठमाडौं। नेपाली कांग्रेसका नेता नरहरि आचार्यको निवासमा वर्तमान राजनीतिमा नेपाली कांग्रेस के गर्दै छ ? र अन्य पार्टीहरु के गर्दै छन् ? विषयमा छलफल भएको छ ।

कार्यक्रममा आचार्यले सहभागीहरुका बीचमा दशैंका विचमा पनि पार्टीका कुरा नै धेरै आएको उल्लेख गर्दै अरु पार्टीसँगै कांग्रेस के गर्दैछ भन्ने कुरा आएको बताए। नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलको भूमिकामा संघमा र प्रदेशमा २ वर्षसम्म के गर्‍यो भन्ने प्रश्न उठिरहेको उनले बताए। पालिका सरकारमा कांग्रेस एकतिहाईमा भएपनि कांग्रेसको भूमिका त्यहाँ कस्तो पालिका सरकार कसरी चलेको छ र हामी के गर्दैछौं भन्ने प्रश्न पनि उठ्दै गएको उनले बताए। अब कांग्रेस सुधार्न आटिला मान्छेहरुले प्रयास गर्नुपर्ने उल्लेख गर्दै यसै सुधारिन कठिन भएको अवस्थामा अबको पार्टीको महाधिवेशनमा बैकल्पीक नेतृत्व तयार हुनुपर्ने बताए।

कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले भ्रष्टाचारको विषय मूल बनाएर हामी अगाडि बढ्नु पर्ने बताए। गुरुङले यतिखेर सरकारले काण्डैकाण्ड हाम्रो अगाडि पस्केको, भ्रष्टाचार व्यापक भएको अवस्थामा कांग्रेस आन्दोलनमानै जानुपर्ने परिस्थिति रहेको बताए। नेकपाको सरकार आएपछि जनताले राहत भन्दा बढी आहात पाएको उल्लेख गर्दै उनले ३ अरव प्रधानमन्त्री स्वरोजगार कार्यक्रम भनेर १३ दिनमा सकाइएको बताए।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा हेलमेट लगाएर बेल्चाले मकै गोडिएर सकाइएको गुश्छरङले बताए। उनले भने, ' यस्तो हुँदा पनि कांग्रेसलाई जगाउन भने अझै सकिएको छैन । निवर्तमान सभामुखको हर्कतमा पनि हामीले शालिन रुपमा नै पनि किन बिरोध गर्न नसकेको हो ? यो विषयले राष्ट्रिय मात्र होइन, अन्तराष्ट्रिय रुपमा पनि बदनाम भइएको छ । यो नैतिकताको प्रश्न हो । कांग्रेसले नैतिकताको विषय जोडदार रुपले हामीले उठाउनु पर्छ । कांग्रेसको व्यवहार बदल्नु पर्ने भएको छ । कांंग्रेस नेता हेरेर आकर्षण बढाउने हुनुपरेको छ । त्यसैले आकर्षणको एउटा मूल विषय नैतिकता हो ।' अहिले नेकपामा सभामुखको काण्डलाई नेकपा जोगाउन लागेको गुरुङले बताए। 

प्रा.गणेशदत्त भट्टले सरकारले दुईतिहाई बहुमत हुँदा हुँदै पनि सरकार प्रभावकारी नभएको, दोस्रो सुशासनकोे स्थिति राम्रो नभएको र तेस्रो विकास निर्माणले गति लिन नसकेको बताए। राज्य संचालन भन्दा नेपाल कम्युनिष्ट पार्टी, पार्टी व्यवस्थापनमा बढी लागेको देखिएको उनले बताए। यतिका विषय हुँदा हुँदै पनि कांग्रेसले आफ्नो शक्ति बढाउन नसकेको उनले बताए। उनले भने, ' जनतामा कांग्रेसमा विभाजन छ भन्ने गइराखेको छ। मेजर इस्यूमा कांगेस एकै ठाउँमा छ भन्ने दिन जरुरी छ। कांग्रेसको भूमिका मुख्य प्रतिपक्षका रुपमा हुनुपर्दछ, यतिखेर प्रतिपक्ष विहिन भयो भन्ने जनताको गुनासो छ, यो पर्न दिनु भएन।' 

पूर्वमन्त्री भीमसेनदास प्रधानले पार्टी लोकतान्त्रिक हुँदाहुदै पनि लोकतात्रिक आचरण देखाउन नसकेको बताए। उनले भने, ' चुनाव पराजय हुँदा पनि जिम्मेवारी नलिने देखियो। एकले अर्कोलाई दोष थोपरेर समस्याको समाधान हुदैन । उठेको प्रश्नको उत्तर दिन नसक्दा पनि हामीले गएको चुनाव हारेका हौं । चुनाव हारेर पनि हामी हारेको मनस्थिति बनाउनु पर्ने अवस्था भने होइन ।'

डा.ब्रतराज आचार्यले नेपाली कांग्रेसको नीतिगत स्पष्टता बुझ्न नसकिएको बताए। उनले भने, 'कम्युनिष्टलाई गालि गरेर मात्र हुदैन । कहिले कम्युनिष्टहरु लोकतन्त्रमा अभ्यस्त भए भनेर आफै भन्ने फेरि भएनन् भन्ने कुरा जनताले के बुझछन् । यसकुरामा कांग्रेस स्पष्ट देखिदैन । कांंग्रेसको समाजवाद अनुरुप पपुलर कार्यक्रम आउन सकेन।' 

प्रा.टेकप्रसाद घिमिरेले भने, ' कांग्रेस सुतेको छ, बादरलाई बाली कुर्न पठाएका छौं । त्यसैले हामीले कांग्रेस उठेर लठठी पनि देखाउदैन, गुदेलीपनि देखाउदैन, बन्दुक पनि देखाउदैन, उसले बाली खाएको खायैछ । कांग्रेसको झोलाबोक्न सबै बुद्धिजिविहरु लायक तर नेताहरु निस्कृय भएर सुत्न लायक परिस्थिति भएको हुनाले यो परिस्थिति आएको हो ।' 

ई.उमेश रुपाखेतीले कांग्रेसको गौरवमय इतिहासले पनि मानिसलाई आकर्षण गरेको उल्लेख गर्दै ३० वर्ष मुनिकालाई केन्द्रमा राखेर नीति बनाउन जरुरी रहेको बताए। 

प्रदेश ३का सांसद जीवन डंगोलले कांग्रेससँग जनताको अपेक्षा अझै पनि बढी रहेको उल्छलेख गर्दै कांग्रेस भित्रको समस्या समाधनमा पनि जागरण कार्यक्रम सान्दर्भीक नै बनेको बताइन। 

कांग्रेस महाधिवेशन प्रतिनिधि राजेश अधिकारीले सरकारमा दुईतिहाईको दम्भ देखिरहेको बताए। कांग्रेस महासमिति सदस्य रामचन्द्र घिमिरेले राजनीति नेकपाको गतिविधिले नराम्रोसँग विग्रेको बताए। सरकारले गरेका उदण्ड कामको वातावरणको माहोललाई पनि कांग्रेसले राम्रोसँग समाउन नसकिराखेको बताए। 

कार्यक्रममा टोखा नगरपालिका उपमेयर उम्मेदवार रजनी थापा, शान्ता पौडेल, माइला डंगोल, श्रीराम केसी, रामप्रसाद न्यौपाने, विना प्रसार्ई, विषम केसी, रविन्द्र श्रेष्ठ, रमेश महर्जन, श्याममणी आचार्य, सन्दिप थापा, जमुना डंगोल, टोपेन्द्र रानामगर लगायतको उपस्थिति थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ