arrow

'एनआरएनले खोजेको नागरिकताको निरन्तरता हो नयाँ होइन'

logo
हाम्रा कुरा
प्रकाशित २०७६ असोज २८ मंगलबार
Abhiman_Singh_Basynat.jpg

काठमाडौं। अभिमानसिंह बस्नेत एनआरएनको नबौं बिश्व सम्मेलनमा आईसीसी सचिवको उम्मेदवार हुन्। सन् २०१५ देखि २०१७ को कार्यकालको लागि एनआरएन अस्ट्रेलियाको उपाध्यक्ष र कुईन्स्ल्याण्ड राज्य संयोजक भएर काम गरिसकेका बस्नेत सन् २००८देखि अष्टेलियामा बस्दै आएका छन्। अहिले एनआरएनएको पोलिसी लेभलमा नै बसेर काम गर्ने उद्धेश्य सहित सचिव पदको लागि उम्मेदवारी दिएको बताउँछन्। गैरआवासिय नेपालीहरुले खोजेको नेपाली नागरिकताको निरन्तरता हो, नयाँ नागरिकता हैन भन्ने मान्यतालाई स्थापित गराउनको लागि चुनावी मैदानमा होमिएको बस्नेत बताउँछन्।

पर्यटन प्रवर्द्दनमा एनआरएनहरुको प्रत्यक्ष सहभागिताको जुुट्ने, लेभी रकम घटाउने, ज्ञान सिपको आदानप्रदानका लागि कार्यक्रम बनाएर ब्यबसायी, बौद्दिक बर्ग र पेशाकर्मीहरुसँग छलफल र सहकार्य गर्ने सहितका एजेण्डा बोकेर आएका बस्नेतले आफूलाई बिश्वभरका गैरआवासीय नेपालीहरुले साथ दिएको दावी गरेका छन् । उहाँहरुको सोही साथको कारण मैले सचिव पदमा उम्मेदवारी दिएका हुँ, उनी भन्छन्। 

' एनआरएन अभियानलाई सबै गैरआवासीय नेपाली नागरिकको अधिकार, जीवनशैली अनि जिम्मेवारीको अभियानको रुपमा लिएको र दोहोरो नागरिकता पाउँदै गर्दा हामी जन्मेको राष्ट्रप्रतिको जिम्मेवारी पनि निर्वाह गर्न सक्नुपर्छ, ' उनी भन्छन । सायद हामी पछिको वा हाम्रा छोराछोरी नाती नातिनाको पिँढीले पनि आफ्ना बाबु आमा र पूर्खाको ईतिहास र बिरासतलाई कुनै न कुनै ढंगले सम्झने वा नेपाललाई कुनै न कुनै तरिकाले योगदान पुर्‍याउनेछन भन्ने उदेश्य सहित मैले दोहोरो नागरिकताको एजेण्डा सहित एनआरन सचिव पदको लागि उम्मेदवारी दिएको हुँ, बस्नेत भन्छन्। 

जसरी बिहा गरेकी छोरी बिना रोकतोक आफ्नो माईतीघर आउन सक्छिन, आफ्नो दुखसुख साटासाट गरी माईतीको सहयोगीकोरुपमा रहने सक्ने त्यस्तै अधिकार नेपाल सरकारले हामीलाई देओस भन्ने मान्यता म मात्र होईन सबै गैरआवासीय नेपालीको रहेको उनले बताए। यदि यस्तो भएको खण्डमा सबैै गैरआवासीय नेपाली, उनीहरुको सन्तान दर सन्तानले पनि आफ्नो मातृभुमीप्रतिको कर्तव्य पुरा गर्न प्रोत्साहित हुन्छन, यसको लागि राज्यले हामीलाई दोहोरो नागरिकता दिनुपर्छ, उनी भन्छन्। यि आवाजहरु उठाउनको लागि पनि एनआरएनको आईसीसी सचिव पदको लागि उम्मेदवारी दिएको हुँ, बस्नेत भन्छन्। विश्वभरका एनआरएनका अग्रज तथा साथीहरुको भरोसा नै जित्ने आधार भएको जनाउँदै उनले त्यो भरोसालाई कहिल्यै डगमगाउन नदिने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ