arrow

अयोध्याको राम जन्मभुमीबारे ऐतिहासिक फैसलाः राम मन्दिर बन्ने

मुस्लिम समुदायलाई ५ एकड जमिन अयोध्यामै दिन आदेश

logo
प्रकाशित २०७६ कार्तिक २३ शनिबार
supreme-court_india.jpg

काठमाडौं। भारतको सर्वोच्च अदालतलले अयोध्याको राम जन्मभुमीबारे ऐतिहासिक फैसला दिदै विवादास्पद भनिएको सोहि स्थानमा मन्दिर बनाउन मिल्ने गरि आदेश दिएको छ। 

५ सय साल पुरानो विवाद तथा ७० बर्षदेखि अदालतमा चलिरहेको विवादलाई टुंगो लगाउँदै २ दशमलव ७७ एकड जमिनमा राम मन्दिरलाई दिन आदेश दिएको छ।  

अदालतले विवादास्पद जमिन मुस्लिम तथा निर्मोही अखडालाई नबाड्न समेत आदेश दिएको छ। यसअघी हिन्दु पक्षले तोडफोड गरेको बाबरी मस्दिजलाई अयोध्याभित्रै वैकल्पिक जमिन दिन आदेश दिएको छ। 

भारतका प्रधानन्याधिश रञ्जन गोगोइ सहितको ५ सदस्यीय वेञ्चले सर्वसम्मत रुपमा आदेश सुनाउँदै मुस्लिम पक्षलाई मस्जिद बनाउन ५ एकड जमिन दिन पनि भनेको छ। अदालतले तीन महिना भित्र ट्रष्ट बनाएर मन्दिर बनाउने प्रक्रिया शुरु गर्न आदेश दिएको छ। 

अदालतले सर्वसम्मतिमै सिया वोर्डको दावीलाई खारेज गरेको छ। सिया समुदायले बनाएको मस्जिद सुन्नी समुदायलाई दिन नमिल्ने भन्दै दायर गरिएको रीट खारेज गरेको हो। 

अदालतले निर्मोही अखडाको रीट पनि खारेज गरिएको छ। अखडाले गरेको दावीलाई खारेज गरि उसलाई कुनै पनि अधिकार दिइएन। यद्यपी अखडाको प्रतिनिधीलाई ट्रस्टमा समेटन भनिएको छ। 

अदालतले मस्जिद खाली जग्गामा नभइ मन्दिर भएको ठाउँमा रहेको आदेशमा भनिएको छ। अयोध्यामा राम जन्मेको कुरालाई अदालतले विवादको रुपमा लिन अस्विकार गरेको छ। 

भारतीय पुरातत्व विभागले दिएको रिपोर्टलाई समेत अदालतले स्विकारेको छ। आस्था र विश्वास उपर कुनै विवाद नभएको पनि अदालतको टिप्णीमा भनिएको छ। 

जमिनलाई उच्च अदालतको आदेशमा भनिएको तीन पक्षमा बाड्ने कुरालाई खारेज गर्दै सर्वोच्च अदालतले यस मुद्धामा दुई पक्ष मात्र रह्को उल्लेख गरिएको छ। सन् १८५६ भन्दा पहिले हिन्दुहरुले त्यहाँ पुजा गर्ने कुरामा अदालतले स्विकार गरेको छ।

अदालतको फैसलापछि हिन्दु धार्मिक अगुवाहरुले धर्मको जीत भएको प्रतिक्रिया दिएका छन्। यद्यपी यो जीत हिन्दु मुस्लिम सबैको भएको उनीहको टिप्पणी छ। 

रामजन्मभुमीमा रामको मन्दिर बन्दै गर्दा अयोध्यामै अर्को मस्जिद बनाउन ५ एकड जमिन दिने आदेशले सबै धर्मको सम्मान समेत अदालतले गरेको धार्मिक अगुवाहरुले बताएका छन्। अदालतको आदेशले साम्प्रदायिक सद्भावलाई समेत सम्मान गरेको टिप्पणी भारतीय मिडियाहरुले गरेका छन्। 

आफ्नो कार्यकालको अन्तिम समयमा प्रधान्यायाधिश गोगोइ नेतृत्वको अदालतले दिएको १०४५ पृष्ठ लामो यो फैसलालाई भारतभर प्रशंसा गरिएको छ। 

यो फैसलालाई लिएर संसारभरका हिन्दुहरुले समेत खुसी व्यक्त गरेका छन्। रामजन्मभुमीमै पालमुनी राखिएको रामको मुर्तीलाई अब मन्दिर लैजाने बाटो पनि खुलेको छ। 
भारत अहिलेसम्मकै ठूलो फैसलाको प्रतिक्षामा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ