arrow

नाइट क्लबमा पूर्वराजा ज्ञानेन्द्र र हिमानी (भिडियोसहित) 

ज्ञानेन्द्र र हिमानीको नाच भाइरल बन्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७६ मंसिर २ सोमबार
gyanendra-himani-dance.jpg

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्व युवराज्ञी हिमानी शाहले राजधानीको नाइट क्लबमा पुगेर उन्मादपूर्ण तरिकाले नाच्न भ्याएका छन् । पाका उमेरका भइसकेका शाहले ठमेलको चर्चित क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) पुगेर रमाइलो पारामा नाचेका हुन् । 

शाह क्लवमा पुगेपछि त्यहाँ रहेकाहरुलाई फ्लाइङ कीस दिएका थिए। उनले त्यहाँ छोरी सहित अरु केहि शुभेच्छुकहरुसँग रमाएर नाचेका थिए। उनले केहि समय नाचेपछि कोट खोलेर हावामा घुमाएका थिए। उनले कोट राखेर अनौपचारिक रुपमै पनि त्यहाँ पारिवारिक सदस्यहरुसँग रमाएका थिए।

हाउभाउमा उनी मदिरा पिएजस्ता देखिए पनि वातावरण पुरै उनकै वरिपरि घुमिरेहको देखिन्थ्यो। पूर्वराजाले आफ्ना शुभेच्छुकसँग तालमा ताल मिलाइरहने क्रममा ‘रातो र चन्द्र सूर्य’ गीतमा राम्रो हाउभाउ देखाइरहेका थिए । त्यस्तै हिमानीले पनि क्लवको फ्लोरमा रहेकाहरु उत्साहित बनाउँदै हल्का नाचेर मनोरञ्जन लिइरहेकी थिइन् । 

क्लवमा शनिबार राति १० बजे पुगेको ज्ञानेन्द्र परिवारले झण्डै तीन घण्टासम्म मज्जा लिएको बताइएको छ।एलओडीमा पूर्वराजा र उनका परिवारका सदस्यले शुभेच्छुकको साथ मज्जा लिएको देखिन्छ। उनले नाचेको तथा रमाएको दृश्य र तस्विरलाई क्लवमा भएका अधिकांशले मोवाइलमा कैद गरेका थिएI उनको ८ मिनेटको र अन्य साना साना भिडियो क्लिप र तस्विर भाइरल भइरहेको छ।

पूर्व राजा र उनको परिवारले क्लवमा अनौपचारीक रुपमा गरेको रमाइलोलाई उनको आम सर्वसाधारणसँग घुलमिल हुने प्रयासका रुपमा पनि धेरैले लिएका छन्। छोरा पारस शाह पछिल्ला दिनमा विभिन्न युवतीसँग जोडिएर विवादमा परिरहँदा पूर्व राजपरिवारको यो छवी प्रकट भएको छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ