- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपालको चर्चित औद्योगिक ब्राण्ड चौधरी ग्रुपको युएईको दुबईमा रहेको पहिलो होटल प्रोपर्टी ताज जुमेइरा लेक्स टावर्सको व्यवस्थापन भारतीय कम्पनीले गर्ने भएको छ ।
चौधरी ग्रुप र भारतको टाटा ग्रुप अन्तर्गतको इन्डियन होटेल्स कम्पनी लिमिटेड (आईएचसीएल) बीच उक्त सम्झौता भएको हो ।
सम्झौताअनुसार आईएचसीएलले होटलको व्यवस्थापन र सञ्चालन गर्ने सीजी हस्पिटालिटीले जनाएको छ। यद्यपि यसको वित्तीय विवरणबारे केही उल्लेख गरिएको छैन ।
सीजी हस्पिटालिटीका एमडी राहुल चौधरीका अनुसार यो भेन्चर (उपक्रम) ले आईएचसीएलसँगको विश्वव्यापी साझेदारीलाई थप मजबुत बनाउने छ ।
चर्चित ताजसँग विश्वका विभिन्न स्थानमा १० वटामा साझेदारी रहेको उल्लेख गर्दै यसले नयाँ किसिमको हस्पिटालिटी र लक्जरी स्ट्यान्डर्ड बनाएको चौधरीको विश्वास छ ।
चौधरी ग्रुपले विश्वका ११ देशमा १ सय ३० होटल र रिसोर्ट सञ्चालन गर्दै आएको छ। सीजी कर्प ग्लोबलअन्तर्गत ग्रुपमा १ सय ७४ कम्पनी र ७६ ब्रान्ड समावेश छन्।
चौधरी ग्रुप र टाटाबीचको सम्झौतापछि ताज जेएलटी दुबई सञ्चालनमा आउने भएपछि चौधरी ग्रुपका प्रमुख विनोद चौधरीले सीजी होटल्स टिम र सुपुत्र राहुललाई बधाई दिएका छन् ।