arrow

विनोद चौधरीले काजखस्तानमा फहराए नेपालको झण्डा

चौधरी ग्रुपको ‘वाइवाइ’ काजखस्तानबाट पनि उत्पादन

logo
प्रकाशित २०७६ मंसिर १९ बिहिबार
cg-waiwai-plant.jpg

काठमाडौं । नेपालको चर्चित औद्योगिक घरानियाँ चौधरी ग्रुपको उत्पादन वाइवाइ चाउचाउले आफ्नो बजारलाई विश्वभर पुर्याउने लक्ष्य लिए अनुसार काजखस्तानबाट पनि उत्पादन सुरु गरेको छ । 

लामो अध्ययन र अनुसन्धानपछि चौधरी ग्रुपले गत वर्ष काजखस्तानमा प्लान्ट खरिद गरेकामा यसपटकदेखि उत्पादन थालेको हो । काजखस्तानका प्रधानमन्त्री अस्कर मामिन र चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले संयुक्त रुपमा वाइवाइको तेस्रो ग्लोबल प्लान्टको शुभारम्भ गरेका छन् । 

काजखस्तानमा प्लान्ट सुरु भएसँगै वाइवाइ उत्पादन हुने प्लान्ट विश्वभर २४ वटा पुगेका हुन् । भारतको बजारमा मात्र ३० प्रतिशत हिस्सा ओगटेको वाइवाइले विश्वभरमै आफ्नो विस्तार गर्ने क्रममा काजखस्तानको यो उत्पादनले युरो–एसियाको बजारमा थप विस्तार गर्न सजिलो हुने भएको छ । 

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले काजखस्तान सरकार र त्यहाँका जनताको समर्थनमा वाइवाइको उत्पादन विस्तार भइरहेको भन्दै खुशीसमेत व्यक्त गरेका छन् । 

काजखस्तानको शहर टर्किस्तानमा नेपालको झण्डा फहराउन पाएकामा उनले गर्व महसुस भएको समेत बताएका छन् । 

सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै टर्किस्तानमा रहेको प्लान्टको काजखस्तानका प्रधानमन्त्री र गभर्नरले अवलोकन गरेको समेत जनाएका छन् ।

नेपालमा ९ र भारतमा ११ प्लान्टमार्फत उत्पादन भइरहेको वाइवाइले भारतीय तयारी चाउचाउ बजारमा ३० भन्दा बढी प्रतिशत हिस्सा ओगटेको छ । 

बंगलादेश, केन्या र साउदी अरेवियामा पनि वाइवाइका प्लान्ट स्थापना गर्ने तयारीमा चौधरी ग्रुप रहेको छ । 

साढे तीन दशक अघिदेखि सुरु भएको वाइवाइको यात्रा सन् २०२० सम्ममा एसिया, युरोप, ल्याटिन अमेरिका र अफ्रिकाका विभिन्न देशबाट उत्पादन थाल्ने योजना चौधरी ग्रुपले यसअघि नै सार्वजनिक गरेको थियो । उत्तर अमेरिका र क्यानडाको वजारलाई लक्षित गरि मेक्सीकोबाट उत्पादन थाल्ने योजनामा पनि चौधरी ग्रुप रहेको छ।

चौधरी ग्रुपले गत वर्ष काजखस्तानको चाउचाउ उत्पादन केन्द्र खरिद गरेको थियो। वाइवाइको वार्षिक व्यापार कम्तीमा ३ अर्ब प्याकेट हुने गरेको छ। यसले विश्वको चाउचाउको बजारमा कम्तीमा ३ प्रतिशतको हिस्सा ओगटेको छ । ग्लोबल प्लान्ट विस्तारसंगै यसको हिस्सा पनि बढ्ने देखिएको छ । २०२२ सम्म यो हिस्सा ५ प्रतिशत पुर्‍याउने लक्ष्यमा चौधरी ग्रुप काम गरिरहेको छ। यो लक्ष्य पुर्‍याउन कम्तिमा २ अर्व प्याकेट उत्पादन बढाउनु पर्ने हुन्छ।

निकट भविष्मयै इजिप्टबाट उत्पादन शुरु हुनेछ भने बंगलादेशमा शुरु भइसकेको छ। इजिप्टबाट उत्पादन हुने चाउचाउको वजार मध्यपूर्व रहेको छ। 

विश्वभर वाइवाइ एक मात्र ब्राण्डको रुपमा स्थापित भएको छ। वाइवाइको विस्तारसँगै नेपाली लगानी पनि विश्वव्यापी भएको छ। संसारभर वाइवाइको व्यापार विस्तार हुँदै जाँदा विनोद चौधरी पनि वाइवाइ किङ्गको रुपमा परिचित हुँदै गएका छन्। 

चौधरी ग्रुपका ३२ मुलुकहरुमा वाइवाईको उत्पादन तथा वजारिकरण भइरहेको छ। चौधरी ग्रुप मातहत १२२ कम्पनीहरु स्वामित्वमा रहेका छन् भने १० हजार भन्दा कर्मचारीहरु कार्यरत रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ