arrow

बेलायतको निर्वाचनमा कन्जर्भेटिभलाई बहुमत, लेबरले स्वीकार्यो हार, जोन्सन फेरि प्रधानमन्त्री  

logo
प्रकाशित २०७६ मंसिर २७ शुक्रबार
boris-johnson1.jpg

काठमाडौं । बेलायतमा बिहीबार सम्पन्न आमनिर्वाचनमा वर्तमान सत्तासीन कन्जर्भेटिभ पार्टीले बहुमत ल्याएको छ । नतिजा अनुसार प्रधानमन्त्री बोरिस जोन्सनको पार्टीले ३२६ को आँकडा पार गरेको छ । विपक्षी लेबर पार्टी मुस्किलले २०० सिट जितेको छ । बीबीसी, आईटीभी र स्काइ न्यूजले गरेको मत सर्वेक्षणले कन्जर्भेटिभलाई बहुमत आएको देखाइएको छ । 

मतदान गरेर निस्किरहेका मतदाताहरूसँग गरिएका त्यस्ता अनौपचारिक प्रारम्भिक मत सर्वेक्षणका नतिजामा कन्जर्भेटिभले ३६८ स्थानमा जित्ने देखाएको थियो । ६५० सिटका लागि निर्वाचन भएको हो । 

सन् २०१७ मा सम्पन्न चुनावमा आएको नतिजाभन्दा यो कन्जर्भेटिभका लागि ५० स्थान बढी हो । लेबर पार्टीले १९१ सिट, लिबरल डेमोक्र्याटले १३ र स्कटिश न्याश्नल पार्टीले ५५ सिट जित्ने मत सर्वेक्षणले देखाएको थियो । 

सर्वेक्षणहरूका अनुसार कन्जर्भेटिभ पार्टीले सन् १९८७ यताकै सबैभन्दा ठूलो जित हासिल गर्ने देखिएको छ। यदि त्यसो भएमा त्यो लेबरहरूका लागि सन् १९३५ यताकै सबैभन्दा कमजोर पराजय हुनेछ ।

१४४ मतदान केन्द्रमा झण्डै २३ हजारजनासँग अन्तर्वार्ता गरेर त्यस्तो मत सर्वेक्षण गरिएको थियो। अन्तिम नतिजाका लागि भने शुक्रवार मध्यान्हसम्म कुर्नुपर्नेछ।

बेलायतको इतिहासमा झण्डै एक सय वर्षमा पहिलोपटक डिसेम्बर महिनामा आमनिर्वाचन भएको हो।

प्रधानमन्त्री बोरिस जोन्सनले सुरुआती नतिजा आउना साथ ट्वीट गर्दै खुशी व्यक्त गरेका छन् । उनले बेलायतमा विश्वकै महान लोकतन्त्र भएको बताएका छन् ।  

लेबर पार्टीका नेता जेरेमी कार्बिनले आफ्नो हार स्वीकार गरेका छन् । उनले आगामी चुनावमा पार्टीको नेतृत्व नगर्ने पनि बताएका छन् । 

लेबर पार्टीका अध्यक्ष इयान लेबरीले ब्रक्जिटका लागि दोस्रो पटक जनमत संगहको प्रस्ताव गर्नु नै आफ्नो पार्टी हारको कारकतत्व बताएका छन् । उनले बेलायती जनताको भावना सम्झन नसकेको पनि स्वीकारेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ