arrow

संविधान कार्यान्वयन गर्न कुनै प्रतिपक्ष हुँदैन : नेम्वाङ

logo
प्रकाशित २०७३ वैशाख १ बुधबार
subash-nembang3.jpg.jpeg
काठमाडौं । पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले संविधानका बारेमा व्यक्त भइरहेको असन्तुष्टिलाई समयमै सम्बोधन गर्नुपर्ने बताएका छन् । दिशा निर्देश क्लबको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा नेम्वाङले असन्तुष्टि आउनु स्वभाविक भएको भन्दै असन्तुष्टिलाई सम्बोधन गर्नेगरी प्रमुख दल एक ठाउँमा आउनुपर्ने धारणा राखे । 
 
“संविधान जारी गर्ने चुनौती जसरी सबै दल एक ठाउँमा उभिएर पूरा गरे, संविधान कार्यान्वयन गर्ने जिम्मेवारी पनि त्यसैगरी पूरा गर्नुपर्छ”– नेम्वाङले भने । नेता नेम्वाङले नेपाली काँग्रेससहितको सरकार बन्नुपर्नेमा जोड दिए । पूर्वसभामुख नेम्वाङले संविधान कार्यान्वयन गर्ने सन्दर्भमा कुनै पार्टी सत्ता पक्ष र कुनै पार्टी प्रतिपक्ष हुन नहुने धारणा राखे । 
 
कार्यक्रममा उपप्रधानमन्त्री सिपी मैनालीले केही दल तथा समुदायबाट प्रकट भइरहेको असन्तुष्टि सम्बोधन गर्न सरकारले बनाएको संयन्त्रमा सहभागी भएर माग पूरा गराउन आग्रह गरे । मैनालीको मधेसी दलले उठाएका केही माग रहस्यमय भएको टिप्पणी थियो । 
 
काँग्रेस नेता अर्जुननरसिंह केसीले संविधान जारी गर्न केही दिन ढिला गरेको भए अहिलेको जस्तो चर्को असन्तुष्टि व्यक्त नहुने धारणा राख्दै केही दिन ढिला गर्‍यो भने संविधान बन्दैन भन्ने त्रासको मानसिकताले हतारहतारमा संविधान जारी गरेकाले असन्तुष्टि बढेको तर्क गरे । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ