arrow

मधेसी दलसँग सार्थक वार्ताका लागि कमल थापा र प्रचण्डलाई जिम्मा

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1414775714.jpeg
काठमाडौँ। उच्चस्तरीय राजनीतिक समन्वय समितिको आज बसेको बैठकले मधेसकेन्द्रित दलसँगको वार्तालाई सार्थक तुल्याउनका लागि प्रयत्न गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार साँझ बसेको बैठकले वार्ता प्रक्रियालाई परिणाममुखी बनाउने प्रयत्नका निम्ति सरकारी वार्ता टोलीका संयोजक एवम् उपप्रधानमन्त्री कमल थापा र समितिका संयोजक एवम् एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मेवारी दिएको छ । 
 
बैठकले वार्ता सफल पार्न आवश्यक प्रयत्न गर्नका लागि सरकारी वार्ता टोली संयोजक र समितिका संयोजलाई जिम्मेवारी दिइएको समितिका सदस्य एवम् एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । 
 
“बैठकमा वार्ता कसरी सफल पार्ने भन्ने सन्दर्भमा छलफल भयो, उप्रपधानमन्त्री थापा र अध्यक्ष दाहालले आवश्यक परेमा प्रधानमन्त्रीसहित, प्रतिपक्षीदल नेपाली काँग्रेससँग आवश्यक छलफल गर्ने र मधेसी मोर्चाका नेतासँग छलफल गरी वार्तालाई निष्कर्षमा पुर्‍याउने जिम्मेवारी उहाँहरुमा छ,”–उहाँले भन्नुभयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ