arrow

सुकीलाई काँग्रेस सभापति कोइरालाको बधाइ

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1503294701.jpeg
काठमाडौँ। नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले म्यान्माको आमनिर्वाचनमा त्यहाँको नेसनल लिग फर डेमोक्रेसीले भारी बहुमतले विजय हासिल गरेकामा पार्टी नेत्री आङ सान सुकीलाई बधाई सन्देश पठाउनुभएको छ । 
 
सन्देशमा व्यवस्थापिका–संसद्का विपक्षी नेता कोइरालाले बिपी कोइरालाको जन्मशताब्दीका अवसरमा नेत्री सुकीले नेपालमा गरेको भ्रमणको स्मरणका साथ उहाँको प्रजातन्त्र र मानवताप्रतिको अटल विश्वासमा आफूहरु पनि सहभागी भएको बताउँदै उहाँको नेतृत्वलाई भारी जनादेश प्राप्त हुनुले प्रजातन्त्रप्रतिको साझा प्रतिबद्धतालाई दर्साउँछ भन्नुभएको छ । 
 
उहाँले राष्ट्रिय एकता र मेलमिलापलाई अगाडि बढाउने उहाँको लक्ष्यप्रति शुभकामना व्यक्त गर्दै म्यान्माली जनताले देखाएको साहस र प्रतिबद्धताको प्रशंसा पनि गर्नुभएको छ । रासस 
 
फाइल तस्विरः शुसिल कोइराला र आङसाङ सुकी। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ