arrow

ट्रम्पको निर्देशनमा इरानी कुड्स फोर्सका प्रमुखलाई मार्यो अमेरिकाले

logo
प्रकाशित २०७६ पुष १८ शुक्रबार
qasem-soleimani.jpg

काठमाडौं । इरानी कुड्स फोर्सका प्रमुख जनरल कासिम सोलेमानी अमेरिकाले गरेको हवाई आक्रमणमा मारिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा सोलेमानी मारिएको पेन्टागनले निश्चित गरेको छ । 

जनरल कासिम सोलेमानी बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हवाई हमलामा मारिएको पेन्टागनलाई उधृत गर्दै बीबीसीले जनाएको छ । 

केही अन्य मानिसहरु पनि आक्रमणमा परी मारिएको बताइएको छ ।

कुड्स फोर्सले पनि अमेरिकी हेलिकप्टरले आक्रमण गरेको आरोप लगाएर जनरल सोलेमानीको मृत्यु भएको पुष्टि गरेको छ ।

सन् १९९८ देखि मेजर जनरल सोलेमानीले इरानको कुड्स फोर्सको नेतृत्व लिएका थिए । 

इरानी विदेश मन्त्री जावद जरिफले अमेरिकाको यो कदमलाई अत्यन्त खतरनाक र मुर्ख बुद्धिको रुपमा लिएको बताएका छन् । 

पेन्टागनले ट्रम्पको आदेशपछि अमेरिकी सेनाले उक्त कदम चालेको बताउँदै सफलता हासिल गरेको उल्लेख गरेको छ ।

ट्रम्पको चुनावी स्टन्ट
ट्रम्पमाथि चुनौती बढ्दो छ । कामभन्दा कुरा बेसी गर्ने ट्रम्प आएपछि अमेरिकामा सुरक्षा चुनौती बढ्दो छ । उनले चुनाव जित्नका लागि जस्तोसुकै कदम चाल्न पछि नपरेको आरोप लाग्दै आएको छ । 

फेरि पनि उनी राष्ट्रपतिमा लडेर जित्ने आधार उनले दिएका छैनन् । तर इरानी कुड्स फोर्सका प्रमुखलाई मार्नुलाई आगामी चुनावको एक असल प्रचारका रुपमा समेत लिइएको छ । 

यसलाई ट्रम्पको चुनावी अवतारका रुपमा समेत बुझ्न थालिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ