arrow

अमेरिकाले ‘विनाशकारी युद्ध निम्त्याएको’ इराकको आरोप

logo
एएफपी,
प्रकाशित २०७६ पुष १९ शनिबार
adil-abdul-mahdi-iraq-pm.jpg

वासिङटन। अमेरिकी सेनाको हवाई आक्रमणमा परी इराकी र इरानी दुई जना बरिष्ठ कमाण्डर मारिएपछि इराकका काम चलाउ प्रधानकमन्त्री अदेल अब्देलले अमेरिकालाई ‘विनाशकारी युद्धको सुरुवात गरेको’ आरोप लगाएका छन्। इराकी अर्धसैन्य बलका कमाण्डरको अमेरिकी सेनाले गरेको हत्यापछि उनले भनेका छन्–यो इराकको सरकार र जनताका विरुद्धको आक्रमण हो। उनले शुक्रबार एक विज्ञप्तिमार्फत सो कुरा बताएको समाचारमा जनाइएको छ।

यस अमेरिकी हवाई आक्रमणमा परी इराकका अर्धसैनिक बलका उप प्रमुख प्रमुख अबु महदी अल मुहान्दिस र इरानका एक विशेष दस्ता कुद्स फोर्स अफ इरान्स रिभोलुसन गार्डका वरिष्ठ कमाण्डर क्वासिम सोलेमानी मारिएको समाचार यसअछि नै आएको थियो।  

कार्यवाहक प्रधानमन्त्री महदीले यस हावाई कारबाहीले इराकी भूमिमा अमेरिकी सेनाको उपस्थितिलाई आपत्तिजनक भएको पनि बताएका छन्। अमेरिकी सेनाको कारबाहीका क्रममा ती कमाण्डर मारिएका अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले बिहीबार राती पुष्टि गरेको थियो।

इरानका एक वरिष्ठ कमाण्डर अमेरिकी सेनाको कारबाहीमा मारिए
अमेरिकाको विशेष सुरक्षा फौजको आक्रमणमा परी इरानका एक जना बरिष्ठ कमाण्डर मारिएको बताइएको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानको एक विशेष दस्ता कुद्स फोर्स अफ इरान्स रिभोलुसन गार्डका वरिष्ठ कमाण्डर क्वासिम सोलेमानी मारिएको जनाएको छ।

अमेरिकी सेनाको कारबाहीका क्रममा ती कमाण्डर मारिएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले बिहीबार राती पुष्टी गरेको हो।

“अमेरिकी नागरिकको रक्षाका लागि अमेरिकी राष्ट्रपतिको निर्देशनमा भएको सुरक्षा कारबाहीका क्रममा क्वासिमको मृत्यु भएको हो,” पेन्टानगनद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।

बग्दाद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सोलेमानी मारिएको पेन्टागनले जानकारी दिएको छ। वक्तव्यमा इराकी अर्धसैन्य बल हसद शावीका उपप्रमुख अबु महदी अल मुहाम्दीस पनि मारिएको उक्त वक्तव्यमा उल्लेख गरिएको छ।

वासिङ्टन र तेहरानबीच पछिल्ला केही महिनायता विवाद चर्किरहेको छ। यस समयमा अमेरिकी सेनाको कारबाहीमा परी इरानका कमाण्डर मारिएको यस घटनालाई अर्थपूर्ण रुपमा हेरिएको प्राप्त समाचारमा जनाइएको छ। 

इराकस्थित अमेरिकी दूतावासमा केहीदिन पहिले आक्रमण भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई “ठूलो मुल्य चुकाउनु पर्ने” चेतावनी दिएका थिए।

इरानले पनि सोलेमानीलाई अमेरिकी सेनाले हवाई आक्रमण गरेर मारेको जनाएको छ। देश बाहिर गोप्य गतिविधिहरू गर्नेगरी सन् १९९८ देखि इरानको क्विड नामक विशेष दस्ता स्थापना गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ