arrow

अमेरिकी सेनाको क्याम्पमा दर्जन बढी क्षेप्यास्त्र प्रहार

logo
प्रकाशित २०७६ पुष २३ बुधबार
missile2.jpg

काठमाडौं । इराकस्थित अमेरिकी र गठबन्धन सैनिकहरुको सुरक्षा क्याम्पमा दर्जन बढी क्षेप्यास्त्र प्रहार भएको छ ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलई उधृत गर्दै बीबीसीले उल्लेख गरे अनुसार इराकको इर्बील र अल–असद सहरमा रहेका अमेरिकी सैन्य आधार शिविरलाई निशाना बनाएर क्षेप्यास्त्र प्रहार गरिएको हो ।

क्षेप्यास्त्र प्रहार गरिए पनि घटनाबाट भएको क्षतिबारे भने स्पष्ट भइनसकेको बताइएको छ । 

इरानी सैन्य जनरल कासिम सुलेमानीको हत्याको बदलास्वरुप इरानले अमेरिकाका थुप्रै सैन्य शिविरलाई निशाना बनाएको हो ।

भागदौडमा ५० जनाको मृत्यु, २०० भन्दा बढी घाइते 
इरानको दक्षिणपूर्वी शहर केरमानमा सुलेमानीको शवयात्रामा सहभागी हुने क्रममा मङ्गलबार भएको भागदौडमा मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ ।

यसअघि दिइएको समाचारमा इरानी विशेष सुरक्षा बलका प्रमुख जनरलसुलेमानीको शवयात्राका क्रममा केरमानमा कम्तीमा ४० जनाको मृत्यु भएको इरानी राष्ट्रिय टेलिभिजनले जनाएको थियो । 

उक्त घटनामा कम्तीमा २०० भन्दा बढी घाइते भएका बताइएको छ ।

उक्त घटनामा घाइते भएका सबैजनालाई उपचारका लागि तत्काल स्थानीय अस्पतालमा पठाइएको छ ।

 कर्मानस्थित एएफपीका संवाददाताले दिएको जानकारी अनुसार दक्षिणपूर्वी शहर केरमानका सडकहरूमा इरानका रिभोलुसनरी प्रमुख कमाण्डर सुलेमानीको अन्त्येष्टिका लागि शवयात्रा गर्ने क्रममा लाखौँको सङ्ख्यामा उपस्थित शुभचिन्तकहरूले खचाखच भरिएका थिए । 

शवयात्राका लागि केरमान पुगेका इरानीहरू सहरमा नअटाएपछि नजिकका पहाडहरूमा पुगेर भएपनि सुलेमानीप्रति अन्तिम सम्मान प्रकट गरेका थिए । 

इरानी जनताबीच सुलेमानी इराकको राजधानी बग्दादस्थित एक अन्तर्राष्ट्रिय विमानस्थल नजिकै अमेरिकी सेनाले ड्रोनमार्फत गरेको आक्रमणमा गत शुक्रबार मारिएका थिए । 

सुलेमानीप्रति ट्रम्पको भनाइ
सुलेमानीलाई भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राक्षसको उपमा दिएका छन् । उनले ट्वीटरमा ट्वीट गर्दै भनेका छन्, ‘सुलेमानी राक्षस थियो । राक्षस धेरै समय रहन सक्दैन ऊ मर्यो ।’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ