arrow

इरानको आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रका नाममा सम्वोधन   

logo
प्रकाशित २०७६ पुष २३ बुधबार

काठमाडौं। अमेरिकी सेनामाथि भएको इरानी आक्रमणप्रति अमेरिकाले कठोर निर्णय गर्ने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आक्रमणको प्रतिक्रिया दिने क्रममा बुधबार राति ह्वाइट हाउसमा राष्ट्रका नाममा सम्वोधन गरेका छन् । 

यसो भने सम्वोधनका क्रममा ट्रम्पले–
–अमेरिकाले इरानमाथि नयाँ प्रतिवन्ध लगाउँछ । 
–सुलेमानीलाई पहिले नै मारिदिनु पर्ने थियो । 
–इरानमाथि कठोर प्रतिबन्ध लगाइने छ । 
–हाम्रो सेनामाथि हल्का क्षति भएको छ । 
–इरानी हमलाले कुनै हताहती भएको छैन । 
–इरानले परमाणु तागत राष्ट्र बन्ने सपना छोड्नु उचित हुन्छ। 
–हामीलाई मध्य पूर्वको तेलको जरुरी छैन । 
–हामीले आइएसका १० हजार लडाकू मार्याैं ।

–इरानले आतंकवादलाई बढवा दिइरहेको छ । 
–इरान आतंकवादको विरुद्धमा साथ आउनु पर्छ । 
–तेलका लागि कसैको जरुरी छैन । अमेरिका आत्मनिर्धर छ । 

–आतंकवाद विरुद्ध साथ दिन चीन, ब्रिटेन, रुस, फ्रान्स लगायतका राष्ट्रलाई आव्हान । 

यसअघि इरानले इराकस्थित अमेरिकी र गठबन्धन सैनिकहरुको सुरक्षा क्याम्पमा दर्जन बढी क्षेप्यास्त्र प्रहार गरेको थियो । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलई उधृत गर्दै बीबीसीले उल्लेख गरे अनुसार इराकको इर्बील र अल–असद सहरमा रहेका अमेरिकी सैन्य आधार शिविरलाई निशाना बनाएर क्षेप्यास्त्र प्रहार गरिएको थियो ।

क्षेप्यास्त्र प्रहार गरिए पनि घटनाबाट भएको क्षतिबारे भने स्पष्ट भइसकेको छैन । इरानले ८० अमेरिकी सेनाको ज्यान गएको दावी गरेको छ भने अमेरिकाले केही बताएको छैन  

इरानी सैन्य जनरल कासिम सुलेमानीको हत्याको बदलास्वरुप इरानले अमेरिकाका थुप्रै सैन्य शिविरलाई निशाना बनाएको हो ।

इरानको आक्रमणप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अल इज वेल’ भनेका थिए । 

सुलेमानीलाई भने ट्रम्पले राक्षसको उपमा दिएका छन् । उनले ट्वीटरमा ट्वीट गर्दै  ‘सुलेमानी राक्षस थियो । राक्षस धेरै समय रहन सक्दैन ऊ मर्यो ।’ भनेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ