arrow

एमसीसी बाँदरको घाउ – सांसद अधिकारी

logo
राजेन्द्र न्यौपाने,
प्रकाशित २०७६ माघ १ बुधबार
photo-borlang-2.jpg

गोरखा । गोरखा निर्वाचन क्षेत्र नं १ का सांसद हरीराज अधिकारीले मिलेनियम च्यालेन्ज कोअपरेसन एमसीसीलाई बाँदरको घाउको संज्ञा दिएका छन् । उनले भने, ‘यस बारेमा संसदमा कुनै जानकारी छैन । बाँदरको घाउ जस्तै हल्लैहल्ला भएको छ । यसलाई जति चलायो त्यति फैलदै जान्छ ।’

जिल्लाको भीमसेन थापा गाउँपालिका बोर्लाङ स्थित सरस्वति माध्यमिक विद्यालयको ६० औं वार्षिकोत्सवलाई सम्बोधन गर्ने क्रममा नेता अधिकारीले मंगलबार सो कुरा बताएका हुन । 

संघीय संसदमा सभामुखको विषयलाई लिएर विभिन्न प्रकारका टिकाटिप्पणी भईरहेका बेला नेकपा संगठन विभागका सदस्य समेत रहेका नेता अधिकारीले भने ‘प्रतिनिधि सभाको सभामुख नेपाल कम्युनिष्ट पार्टीबाट हुन्छ अन्य पार्टीको हुँदैन । सभामुख चयनका लागि उपसभामुखले राजीनामा गर्नुहुन्छ यसलाई ठूलो कुरा बनाईरहनु पर्दैन ।’

स्थानीय तहमा भ्रष्टचार भयो भनेर संघीयता र गणतन्त्रलाई कमजोर बनाउन खोजिएको तर्फ इंगित गर्दै यस्ता षड्यन्त्रहरुलाई पर्दाफास गर्नुपर्ने बताए । संघीय राज्य प्रणाली स्थापनासँगै देश र जनताले नयाँ अनुभूति गरेको उनको भनाई छ । निम्न स्तरका ग्रामिण क्षेत्र र त्यहाँका जनताका जनजीवन सहज बन्न नदिन स्थानीय तहमा भ्रष्टचार भयो भनेर कराउन षडयन्त्रकारीहरु लागेको अधिकारीले बताए ।
 
बुढीगण्डकीको मुअब्जाका कुराहरु टुङ्गिएको बताउँदै नमिलेका कुराहरु मिलाउँदै जाने अधिकारीले स्पष्ट गरेका छन् । राजनीति विन कुनै पनि कुरा अस्तित्वमा नरहने बताउँदै कसैलाई पनि
राजनीतिबाट विमुख गराउन नहुने उनको भनाई थियो ।

जीवनपयोगी प्राविधिक शिक्षा आजको आवश्यकता रहेको बताउँदै अव शिक्षामा गरिने लगानीलाई प्राविधिक धारतर्फ जोडबल गरिने उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ