arrow

प्रधानमन्त्रीको संलग्नता छैन भन्ने पुष्टि नभएसम्म प्रिन्टिङ प्रेस प्रकरण टुंगिन्न – गगन थापा

logo
प्रकाशित २०७६ फागुन ८ बिहिबार
gagan-thapa-new-FNL-p.jpg.jpeg

काठमाडौँ । सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरण अब गोकुल बाँस्कोटाको मात्र रहेन । बाँस्कोटाले मन्त्रिपरिषदबाट राजीनामा दिइसके । राजीनामामात्र पनि समाधानको विषय भएन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रिन्टिङ प्रेस प्रकरणमा बाँस्कोटाले राजीनामा दिएर मात्र नपुग्ने भन्दै यसमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि संलग्नता छैन भने पुष्टि नभएसम्म यो प्रकरण नरोकिने बताएको छ । 

संघीय संसदका दुवै सदन अवरुद्ध गरेको काँग्रैसले अब ओलीको पनि संलग्ना नभएको पुष्टि नभएसम्म आश्वस्त नहुने बताएको छ । काँग्रेस केन्द्रीय सदस्य गगन थापाले बिहीबार संसद बैठक फागुन १३ गतेसम्मका लागि स्थगित भएपछि फर्कदै गर्दा संसद भवन बाहिर संचारकर्मीलाई प्रतिक्रिया दिँदै ओलीमाथि गम्भीर प्रश्न खडा भएकोतर्फ संकेत गर्दै दूधको दूध पानीको पानी नभएसम्म यो प्रकरण नटुंगिने बताएका हुन् । 

सेक्युरिटी प्रिन्टिङ प्रकरणमा स्वीस कम्पनीका नेपाली एजेन्टसँग मोलमोलाइको विषयमा गरेको संवाद हाम्राकुराले बाहिर ल्याएपछि बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधि एवं शहरी विकास मन्त्रीको कुर्सीबाट राजीनामा दिइसकेका छन् । 

काँग्रेसले उनको राजीनामा ठूलो कुरो नभएको भन्दै यसको सत्यतथ्य छानबिनका लागिसमेत माग गरेको छ । प्रधानमन्त्रीको पनि संलग्नताका बारेमा काँग्रेसले गम्भीर प्रश्न उठाएको छ । 

गगन थापाले संचारकर्मीसंग यसो भने, ‘अब गोकुल बाँस्कोटाको राजीनामाको कुराले मात्र हैन यसको सबैभन्दा महत्वपूर्ण कुरा प्रधानमन्त्रीको संलग्नता छैन भन्ने कुरा पुष्टि नहुने बेलासम्म हामी आश्वस्त हुने कुरा रहँदैन । हुँदैन । हामी भनेको यो कुनै पार्टी विशेषको कुरा मात्र हैन । देश यो कुरामा आश्वस्त हुनुपर्छ कि प्रधानमन्त्रीको संलग्नता बिना र प्रधानमन्त्रीको जानकारी बिना यो कुरा भइरहेको थियो भन्ने कुरा जुन अहिले भइरहेका तथ्यहरु जोडेर हेर्दै गर्दा त्यस्तो मान्न सक्ने अवस्था छैन । त्यसैले यो विषय सामान्य ढङ्गबाट रफादफा हुन्छ, गोकुल बास्कोटाको राजीनामा जान्छ, त्यसपछि एउटा छानबिनको प्रक्रियामा जान्छ भन्ने कुराले मात्रै यो विषय टुंगिन्न । यो विषय जबसम्म कि हामी आश्वस्त हुनुपर्छ । हमी आश्वस्त नहुने बेलासम्म यो जबसम्म दूधको दूघ पानीको पानी हुँदैन तबसम्म यो विषय यो प्रकरण टुंगिन्न । यो कसैले तुहिन्छ भन्ने ठान्नु भएको छ भने यो भ्रममा नबस्नु होला भनी यहींबाट म प्रधानमन्त्रीलाई आग्रह पनि गर्छु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ