arrow

गोकुल बास्कोटाको लेनदेनबारे स्वीस दूतावासको स्पष्टिकरण 

logo
प्रकाशित २०७६ फागुन ८ बिहिबार
swiss-embassy.jpg

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे भ्रष्टाचार काण्डमा आफ्नो कुनै संलग्नता नभएको नेपालस्थित स्वीटजरल्याण्डको दूतावासले स्पष्टिकरण दिएको छ ।

उक्त काण्डमा मुछिएका निवर्तमान सञ्चार मन्त्री गोकुल बास्कोटा र स्वीस कम्पनीका नेपाल प्रतिनिधि विजय प्रकाश मिश्रबीच भएको अडियो टेपमा स्वीस दूतावासका प्रतिनिधिलाई भेट्ने भनी गरेको कुराकानीबारे स्पष्ट पार्दै दूतावासले दूतावास यसमा संलग्न नभएको बताएको छ । 

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै दूतावासले ‘स्वीटरल्याण्डको दूतावास यो स्पष्ट गर्न चाहन्छ कि यस दूतावासले कुनै बैठकको आह्वान गरेको छैन, न त समाचारमा उल्लेखित विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीसँग निकट भविश्यमा कुनै छलफल तोकिएको थाहा छ ।’ भनेको छ । 

भनिएको छ, स्वीस कम्पनीका प्रतिनिधि भनेर समाचारमा उद्धृत गरिएका व्यक्तिको लेनदेनबारे दूतावास जानकार छैन । न त यसमा कुनै संलग्नता छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ